नर्सरी चोकमा बस र टिप्पर ठोक्किँदा १७ जना घाइते, चार जनाको अवस्था गम्भीर

 माघ ३, २०७५ बिहिबार १६:११:४३ | नवीन गुरुङ
unn.prixa.net

प्रतिकात्मक तस्बिर

संखुवासभा – संखुवासभाको धर्मदेवी नगरपालिका–५, को नर्सरी चोकमा बस र टिप्पर एकआपससमा ठोक्किँदा १७ जना घाइते भएका छन । घाइतेमध्ये चारजनाको अवस्था गम्भीर रहेको छ ।

बिहीबार दिउँसो १२ बजेतिर मुडेबाट चैनपुर जाँदै गरेको बा २ क ८५१५ नम्बरका टिप्परले नुनढाकीदेखि धरान जाँदै गरेको १ ख २१६१ नम्बरको बसलाई ठक्कर दिँदा १७ जना घाइते भएका थिए ।

जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरिक्षक रामजी कटुवालका अनुसार चैनपुर नपा–२ का १८ वर्षीय सन्तोष गौतम, त्यसै वडाका १० वर्षीय सविना खाती, चैनपुर नपा–५ का ५० वर्षीय मेनुका थापा र झापा बुद्धशान्ति गापा ४ का ८२ वर्षीय खड्ग लिम्बू गम्भीर घाइते भएका छन ।

गम्भीर घाइतेलाई धरानस्थित बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको र उपचार भइरहेको जनाएको छ । 

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

नवीन गुरुङ

संखुवासभाका पत्रकार नवीन गुरुङ उज्यालोका जिल्ला सम्बाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया