गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासकाे मत पाएकाे घाेषणा

 बैशाख २३, २०८१ आइतबार १८:३९:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासकाे मत पाउनुभएकाे छ । आज बसेकाे प्रदेश सभा बैठकमा सभामुख कृष्णप्रसाद धितालले ३० जना सांसदकाे समर्थनमा मुख्यमन्त्री अधिकारीले विश्वासकाे मत पाएकाे घाेषणा गर्नुभएकाे हाे ।

६० सदस्यीय गण्डकी प्रदेश सभामा आज ५७ जना सांसद उपस्थित थिए । मुख्यमन्त्रीकाे पक्षमा ३० जना सांसदले मतदान गरेका हुन् । बहुमतका लागि ३१ जना सांसद हुनुपर्ने भए पनि सभामुख धितालले सर्वाेच्चकाे अदालतकाे आदेशअनुसार भन्दै अधिकारीले विश्वासकाे मत पाएकाे घाेषणा गर्नुभएकाे हाे ।

मुख्यमन्त्री अधिकारीले विश्वासकाे मतकाे विपक्षमा २७ मत परेकाे छ भने दुई जना सांसद तटस्थ बसेका छन् । तर कांग्रेसले भने सभामुखले संविधान विपरीत काम गरेकाे भन्दै नाराबाजी गरेकाे छ ।

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया