पुनर्निर्माणको दुई वर्षे लक्ष्य र कार्ययोजना पारित

 माघ ३, २०७५ बिहिबार १९:११:४६ | मदन पौड्याल
unn.prixa.net

काठमाण्डौ – राष्ट्रिय पुनर्निर्माण प्राधिकरण निर्देशक समितिले पुनर्निर्माण तथा पुनर्स्थापनाको आगामी लक्ष्य तथा कार्ययोजना पारित गरेको छ ।

प्रधानमन्त्री एवम् राष्ट्रिय पुनर्निर्माण प्राधिकरण निर्देशक समितिका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बिहीबार बसेको निर्देशक समितिको बैठकले आउँदो दुई वर्षभित्र पुनर्निर्माण तथा पुनस्र्थापनाको काम सम्पन्न गर्ने गरी पुनर्निर्माण तथा पुनर्स्थापनाको आगामी लक्ष्य तथा कार्ययोजना पारित गरेको हो ।

त्यसका लागि आवश्यक बजेटको व्यवस्था गर्न अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोगसहित दातृ राष्ट्रहरुसँग छलफल निर्णय पनि गरिएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले जानकारी दिनुभयो ।

दातृ राष्ट्रहरुले सम्झौता अनुसारको बजेट उपलब्ध नगराएपछि पुनर्निर्माण तथा पुनस्र्थापनाका लागि थप बजेटको व्यवस्था गर्न निर्देशक समितिले पुनः दातृ राष्ट्रहरुसँग छलफल गर्ने निर्णय गरेको हो ।

प्राधिकरणले प्राविधिकहरु परिचालन गर्नु अघि नै निजी आवास बनाएकाहरुलाई अनुदान दिने गरी कार्यविधि पनि संशोधन गरेको छ । प्राविधिकहरु परिचालन गर्नु अघि नै निजी आवास बनाएकाहरुलाई पनि अनुदान दिने गरी त्यसे सम्बन्धी कार्यविधि पनि बैठकले पारित गरेको प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले बताउनुभयो ।

समितिले गएको वर्ष निजी आवास निर्माणका काम सुरु गरेकाहरुलाई यस वर्षभित्र अनुदान रकम उपलब्ध गराइसक्ने निर्णय पनि गरेको छ । आगामी आर्थिक वर्षभित्र निजी आवास निर्माणको काम सम्पन्न हुने गरी अनुदान उपलब्ध गराउने निर्णय पनि गरिएको समितिले जनाएको छ ।

त्यसैगरी प्राधिकरण निर्देशक समितिको बैठकले स्थानीय तहमा पनि विपद् व्यवस्थापन हुने गरी नशाङ्कनको काम अघि बढाउने निर्णय पनि गरेको छ ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

मदन पौड्याल

उज्यालोमा कार्यरत मदन पौड्याल राजनीति, प्रशासन र समसामयिक विषयमा कलम चलाउनु हुन्छ। पौड्यालको भूकम्पपछिको पुनर्निर्माणमा दख्खल छ।  

 

तपाईको प्रतिक्रिया