दोस्रो दिन पनि आमहड्ताल जारी, जनजीवन प्रभावित

 माघ १६, २०७५ बुधबार १०:४३:४५ | दुर्गा उपाध्याय
unn.prixa.net

कञ्चनपुर – तत्कालीन महेन्द्रनगर नगर विकास समितिको जमिन लिज प्रकरणविरुद्ध युवा नेताले सुरु गरेको आमहड्ताल दोस्रो दिन पनि जारी छ । सरकारी जग्गामा भएको अतिक्रमण हटाउन माग गर्दै कञ्चनपुरका युवा नेता तथा विद्यार्थी संगठनहरुले अनिश्चितकालीन कञ्चनपुर बन्द गरेका हुन् । 

सरकारी जग्गा अतिक्रमण भई बनेका अवैध संरचना भिमदत्त नगरपालिका र संघीय आयोजना कार्यान्वयन इकाइले भत्काउन सुरु गरेको छ । प्रमुख राजनीतिक दलका भातृ संगठनको दवाबपछि स्थानीय प्रशासन र संघीय ओयोजनाले कडा सुरक्षाकाबीच अवैध संरचना भत्काउन सुरु गरेको हो ।

नगर विकास विगठनपछि संघीय आयोजना कार्यान्वयन इकाइले काम गर्ने जिम्मा पाएकाले सम्बन्धित कार्यालय र भिमदत्त नगरपालिकासँग अवैध संरचना भत्काउन माग गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

अतिक्रमित क्षेत्रमा बनेका सबै संरचना भत्काएर दोषिमाथि कारवाही नभएसम्म आफूहरुको आन्दोलन जारी रहने युवा नेता रामचन्द्र रेग्मीले बताउनुभयो ।

बन्दका कारण व्यापार व्यवसाय, शैक्षिक संस्था, यातायात ठप्प हुनुका साथै भारतबाट आएका यात्रु बसपार्कमा अलपत्र परेका छन् ।

बन्दको अवज्ञा गरेको भन्दै आन्दोलनकारीले जिल्ला प्राविधिक कार्यालयको बा २ ब २७८५ नम्बरको मोटरसाइकलमा तोडफोड गरेका छन् ।

यसअघि, अवैध रुपमा बनेका संरचना हटाउन जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले गएको पुस ९ गते आदेश जारी गरेको थियो । यससँगै, संघीय आयोजना कार्यान्वयन इकाइले अवैधानिक तरिकाले बनेका भवन भत्काउन सूचना जारी गरिसकेको छ । 

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

दुर्गा उपाध्याय

दुर्गा उपाध्याय कञ्चनपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया