ललितपुरको ग्वार्कोमा आगलागीबाट घाइते दुई बालिकाको उपचारका क्रममा ज्यान गयो

 बैशाख २५, २०८१ मंगलबार ६:२४:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डौ – ललितपुर महानगरपालिका–१७ ग्वार्कोमा आइतवार एक टहरोमा भएको आगलागीमा परी घाइते भएकामध्ये दुई बालिकाको उपचारका क्रममा ज्यान गएको छ । पाँच जना घाइतेमध्ये आठ वर्षीया प्रिया गिरी र तीन वर्षीया एलिसा गिरीको हिजो बेलुका उपचारका क्रममा किष्ट अस्पतालमा ज्यान गएको  जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता, प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिनुभयो ।

अन्य दुईजनाको गम्भीर अवस्थामा उपचार भैरहेको र अर्का एकजनाको अवस्था खतरामुक्त रहेको प्रहरीको भनाइ छ । प्रवक्ता सुवेदीका अनुसार ३५ वर्षीय सञ्जय गिरीको भेन्टिलेटरमा र उहाँकी श्रीमती ३२ वर्षीया रुपा गिरीको आइसियुमा उपचार भैरहेको छ । अर्का घाइते नित गिरीलाई वार्डमा सारिएको छ ।

केही दिनअघि आगो निभाउने क्रममा जलेर ललितपुरको गोदावरीका शंकर र रमेश पहरीको ज्यान गएको थियो ।

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया