समायोजन सफ्टवेयरमा समस्या आएपछि उपसचिव तहका कर्मचारीलाई पत्र दिन ढिलाइ

 माघ २०, २०७५ आइतबार २०:५३:५६ | मदन पौड्याल

काठमाण्डौ – उपसचिव तहका कर्मचारीलाई समायोजन पत्र दिने काम रोकिएको छ । 

समायोजन सफ्टवेयरमा समस्या देखिएकाले आइतबार पत्र दिन नसकिएको संघीय मामिला तथा सामान्य प्रसासन मन्त्रालयले जनाएको छ । सरकारले आइतबारदेखि उपसचिव तहका कर्मचारीलाई समायोजन पत्र दिने तयारी गरेको थियो । 

प्राविधिक कारणले आइतबार पत्र दिन नसकिएको तर सोमबारदेखि दिइने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले उज्यालोलाई जानकारी दिनुभयो । 

कर्मचारी समायोजन तथा संगठन विकास शाखाले भने उपसचिव तहका कर्मचारीको समायोजनसम्बन्धी सम्पूर्ण फाइल सचिव समक्ष पठाएको तर निर्णय हुन नसकेको जनाएको छ । 

मन्त्रालयका प्रवक्ता अधिकारीले निर्णयभन्दा पनि प्राविधिक कारणले रोकिएको बताउनुभयो । दुई हजार उपसचिवले आफूले रोजेको स्थानीय तह, प्रदेश या केन्द्रमा जान समायोजनपत्र बुझ्नेछन् । 

संघमा समायोजन भएका उपसचिवलाई सामान्य प्रशासन मन्त्रालयले संघ अन्तरर्गतका विभिन्न कार्यालयमा खटाउनेछ भने प्रदेशमा समायोजन हुनेहरु सम्बन्धित प्रदेशको मुख्यमन्त्री कार्यालयमा हाजिर हुनेछन् । 

यस्तै, स्थानीय तहमा जाने कर्मचारीलाई पनि त्यही अनुसारको ब्यवस्था मिलाइएको छ । उपसचिवपछि शाखा अधिकृत र त्यसभन्दा तल्लो तहका कर्मचारीको समायोजन पत्र दिइने प्रवक्ता अधिकारीले जानकारी दिनुभयो । 
 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

मदन पौड्याल

उज्यालोमा कार्यरत मदन पौड्याल राजनीति, प्रशासन र समसामयिक विषयमा कलम चलाउनु हुन्छ। पौड्यालको भूकम्पपछिको पुनर्निर्माणमा दख्खल छ।  

 

तपाईको प्रतिक्रिया