साथीलाई बन्दुक प्रहार गरेको आरोपमा दुई युवा पक्राउ

 माघ २५, २०७५ शुक्रबार १८:४२:५४ | प्रकाश धौलाकोटी
unn.prixa.net

तेह्रथुम – भरुवा बन्दुक प्रहार गरी आफ्नै साथीकाे ज्यान लिन खोजेको आरोपमा तेह्रथुममा प्रहरीले दुई युवालाई पक्राउ गरेको छ । 

भरुवा बन्दुकले साथीलाई प्रहार गरेको भन्ने उजुरीका आधारमा फेदाप गाउँपालिका–१, सिम्लेका २६ वर्षीय विश्व कुरुम्बाङ र १९ वर्षीय सविन लिम्बुलाई पक्राउ गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक नारायण गौतमले बताउनुभयो । 

उनीहरुले गएकाे माघ २१ गते राति ९ बजे स्थानीय १७ वर्षीय सुसन लिम्बुलाई बन्दुक प्रहार गरी घाइते बनाएका थिए । बन्दुककाे गाेली पेटमा चोट लागेर गम्भीर घाइते भएका लिम्बुको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारमा भइरहेको प्रहरीले जनाएको छ । 

पीडित सुसनका बुवा जसबहादुर कुरुम्बाङको उजुरीका आधारमा उनीहरुलाई बुधबार धरानबाट पक्राउ गरी मुद्धा दर्ता गरिएको र पाँच दिनका लागि म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता गौतमले बताउनुभयो । 

घटनामा संलग्न रहेका विश्वको घरबाट प्रहरीले एक थान भरुवा बन्दुकसमेत बरामद गरेको छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

प्रकाश धौलाकोटी

उज्यालोका तेह्रथुम सहकर्मी प्रकाश धौलाकोटी रेडियो तेह्रथुममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया