नारायणगढ–मुग्लिन सडकखण्ड : भासिएको र पहिरो प्रभावित क्षेत्रको सर्भे गरिँदै

 फागुन ३, २०७५ शुक्रबार १२:४०:८ | राधेश्याम खतिवडा
unn.prixa.net

चितवन – नारायणगढ–मुग्लिन सडकखण्डको निर्माण सकिन नपाउँदै भासिएको क्षेत्रमा पुनर्निर्माणका लागि सर्भे सुरु भएको छ । सडक भासिएको २ ठाउँ र पहिरो प्रभावित पाँच ठाउँको सर्भे सुरु गरिएको छ । सडक भासिएको खण्ड २६ किलोमिटरमा पर्ने भालुढुङ्गा र १७ किलोमिटरमा पर्ने क्षेत्रमा सर्भे भइरहेको छ । 

गएको माघ २५ गते देखि विभागबाट टोली आएर भासिएको सडक क्षेत्रको सर्भे गरिरहेको नारायणगढ – मुग्लिन सडक आयोजनाका प्रमुख रोहित कुमार विसुरालले जानकारी दिनुभयो । पहिरोले प्रभावित क्षेत्रको पनि टोलीले सर्भे गरिरहेको जानकारी दिँदै विसुरालले सडकखण्डमा पर्ने जलविरे, कालिखोला, चारकिलो, घुमाउने क्षेत्रको पहिरो प्रभावित क्षेत्रको सर्भे गर्ने बताउनुभयो । 

सर्भे पछि प्रतिवेदन आउने र त्यही प्रतिवेदनको आधारमा टेण्डर आव्हान भएर काम सुरु हुने उहाँले बताउनुभयो । भासिएको सडकखण्डमा अहिले एकतर्फी रुपमा सवारी आवत–जावत गरिरहेका छन् । 

नारायणगढबाट २६ किलोमिटर दूरीमा रहेको भालु ढुङ्गामा ७५ मिटर लामो सडक भासिएको छ । यो ठाउँमा पाँच मिटर चौडा र २० सेन्टिमिटर भासिएको उहाँले बताउनुभयो । उहाँले सडक भासिनुको कारण सर्भे पछिमात्र थाहा हुने बताउनुभयो । 

यसैगरी यही सडकको १७ किलोमा ४० मिटर भासिएको छ । सो ठाउँमा विसं २०६० मा ‘स्वायल रक एङ्करिङ्ग’ गरिएको थियो । एङ्करिङ्गले काम गर्न छाडेपछि भासिएको अनुमान गरिएको भए पनि सर्भे पछिको प्रतिवेदन पछिमात्र कारण थाहा हुने विसुरालले बताउनुभयो । सडक छ मिटर चौडाइ र दुई मिटर गहिराइ भासिएको छ । 

नारायणगढबाट आठकिलो मिटरको दूरीमा रहेको भतेरीमा ५० मिटर सडक भासिएकोमा निर्माण कम्पनी आफैँले भासिएको सडक निर्माण गरिहेको विसुरालले बताउनुभयो । यो ठाउँमा एक दशमलव पाँच मिटर चौडा सडक भासिएको थियो । ‘ग्याभिनवाल’ लगाएर सडक विस्तार गरिएको स्थानमा पर्खालसमेत लच्किएकोले निर्माण कम्पनीले आफैँ निर्माण गरिरहेको उहाँले बताउनुभयो । 


 

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राधेश्याम खतिवडा

राधेश्याम खतिवडा उज्यालोका चितवन सहकर्मी र नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्व अध्यक्ष हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया