ओमन २४ रनमा अलआउट: लिष्ट ए मा न्य‍ून स्कोर बनाउने इतिहासकै चाैथाे टिम

 फागुन ७, २०७५ मंगलबार १८:४३:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

ओमन क्रिकेट इतिहासको लिष्ट ए मा चौथो न्य‍ून स्कोरमा अलआउट भएको छ । स्कटल्याण्डविरुद्धको खेलमा ओमन मात्र २४ रनमा अलआउट भयो ।

घरेलु मैदानमा भएको खेलमा ओमन स्कटल्याण्डको अगाडि अन्तराष्ट्रिय क्रिकेटमा चौथो न्यून स्कोरमा समेटिँदा स्मिथ र नीलले चार-चार विकेट लिए । ओमनका ६ खेलाडीले खाता खोल्न सकेनन् । उसका अवार अलीले सर्वाधिक १८ रन बनाए । पुरै इनिङमा अलीले प्रहार गरेको एकमात्र चौका नै बाउन्ड्री हुनपुग्यो ।

१७ रन बनाउँदा ६ विकेट गुमाएको ओमन अन्तत: २४ रनमा अलआउट भयो । देशका सिनियर खेलाडी खेलेको टिम कम स्कोरमा अलआउट हुने ओमन पहिलो टिम हो । देशका हिसाबले लिष्ट ए मा कम स्कोरमा समेटिने टिममा जिम्बावे, क्यानडा, आयरल्याण्ड, नामिबिया हरेका छन ।

जिम्बावे २००४ मा श्रीलंकाविरुद्ध ३५ रनमा अलआउट भएको थियो भने क्यानडा पनि श्रीलंकाविरुद्ध नै २००३ मा ३६ रनमा समेटिएको थियो । यस्तै आयरल्याण्ड ३९ र नामिबपिया युएईविरुद्ध २०१३ मा ३९ रनमा धरासायी भएको थियो ।

लिष्ट ए क्रिकेटमा कम स्कोरमा अलआउट भएका टिमः

यू–१९ वेष्ट इन्डिज    १८ रन
सारासेन्स              १९ रन
मिडिलसेक्स          २३ रन
ओमान                  २४ रन

अन्तिम अपडेट: बैशाख २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया