सबैभन्दा ठूलो वैदेशिक लगानीको सिमेन्ट उद्योग सञ्चालनको तयारी, दैनिक ६० हजार बोरा सिमेन्ट उत्पादन हुने

 फागुन १५, २०७५ बुधबार ९:२०:४० | सिताराम अधिकारी
unn.prixa.net

धादिङ – सबैभन्दा ठूलो वैदेशिक लगानीमा निर्माण हुन लागेको सिमेन्ट उद्योग दक्षिणी धादिङको बेनिघाट रोराङ गाउँपालिका – २ ताल्तीमा सञ्चालनको अन्तिम तयारीमा छ । 

प्रधामन्त्री केपी ओलीले चीन भ्रमणको बेलामा वैदेशिक लगानी भित्र्याउन ह्वासिन कम्पनीसँग सिमेन्ट उद्योग सञ्चालनको सम्झौता गर्नुभएको थियो । यही सम्झौता अनुसार ह्वासिन नारायणी सिमेन्ट उद्योग प्रालिले सिमेन्ट उद्योग सञ्चालनमा ल्याउन लागेको हो । 

दैनिक ६० हजारबोरा सिमेन्ट उत्पादन क्षमता भएको उद्योगले १४ अर्ब ८२ करोड ६० लाखको कूल पूँजीमा ताल्तीमा उद्योग सञ्चालन तयारी गरिएको उद्योगका सूचना अधिकारी तुलसीजंग थापाले बताउनुभयो  ।

विश्वकै अत्याधुनिक सिमेन्ट प्रविधिबाट सिमेन्ट उत्पादन गरिने ह्वासिन नेपालमा प्रत्यक्ष वैदेशिक लगानी गर्ने सबैभन्दा ठूलो कम्पनी भएको पनि थापाको भनाई छ ।  सिमेन्ट उद्योगमा चिनियाँ कम्पनीको ८० प्रतिशत र नेपाली कम्पनीको २० प्रतिशत शेयर रहने बताइएको छ ।

सिमेन्ट उद्योग सञ्चालनमा आउँदासम्म प्रत्यक्ष रुपमा ३ सय जना र अप्रत्यक्ष रुपमा एक हजार जनाले रोजगारी पाउने छन् भने उद्योगका लागि मलेखुबाट ताल्तीसम्म छुट्टै १० किलोमिटर सडक निर्माणका लागि तयारी समेत भैरहेको छ । ह्वासिन सिमेन्ट उद्योगले उद्योगकै कच्चा पदार्थबाट विद्युत उत्पादन गर्ने र उद्योग वातावरणमैत्री रहेको कम्पनीले जनाएको छ । 

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सिताराम अधिकारी

धादिङका पत्रकार सिताराम अधिकारी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया