पत्रकारमाथि भएको आक्रमणको विरोधमा जिप्रका सर्लाहीमा धर्ना

 चैत ३, २०७५ आइतबार १६:५३:२७ | रामबाबु खड्का
unn.prixa.net

सर्लाही - पत्रकार सोम दियालीमाथि भएको सांघातिक आक्रमणको विरोधमा नेपाल पत्रकार महासघ सर्लाही शाखाले आइतबार जिल्ला प्रशासन कार्यालय सर्लाहीमा धर्ना दिएको छ।

शाखाका अध्यक्ष विश्वनाथ ठाकुरको नेतृत्वमा निस्केको सञ्चारकर्मीहरुको टोलीले प्रशासन कार्यालय अगाडिको मुलगेटमा धर्ना दिएको हो। गएकाे माघ २९ गते बिहान समाचार लेखेकै कारण पत्रकार दियालीमाथि वागमतीका समीर गुरुङ, हरिऔनका भिम रेग्मी र ईरफान देवानले सुकेपोखरीमा बोलाए आक्रमण गरेका थिए।

आक्रमणमा संलग्न देवान पक्राउपछि जिल्ला अदालत सर्लाहीको आदेशमा तीन लाख ५० हजार धरौटी बुझाए छुटेका छन् । अर्का दुई जना अभियुक्त  गुरुङ र रेग्मी अहिलेसम्म पनि फरार रहेकाले तत्कालै पक्राउ गरी कारबाही गर्न महासंघले माग गरेको छ ।

आक्रमणमा संलग्न अभियुक्तको पहिचान भैसक्दा समेत प्रशासनले पक्राउ नगरेकाले आफूहरु बाध्य भएर आन्दोलनमा उत्रिनु परेको अध्यक्ष ठाकुरले बताउनुभयो । अभियुक्त दुवै जनालाई जिल्ला अदालत सर्लाहीले पक्राउ पुर्जी जारी गरिसको छ ।

सामुदायिक रेडियो सर्लाहीमा कार्यरत पत्रकार दियालीको आक्रमणबाट तीन वटा दात भाँचिएका छन्। स्थानीय प्रशासनले दोषीलाई पक्राउ गरेर कारबाही नगरे चरणबद्ध आन्दोलन गर्ने पत्रकार महासंघ सर्लाही शाखाले चेतावनी दिएको छ।

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

रामबाबु खड्का

रामबाबु खड्का सर्लाहीका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया