गाडीको ठक्करले किशोरकाे ज्यान गएपछि बन्द भएकाे पूर्व-पश्चिम राजमार्ग सञ्चालन

 चैत ४, २०७५ सोमबार १७:४:१० | राधेश्याम खतिवडा
unn.prixa.net

चितवन – चितवनको रत्ननगर नगरपालिका निपनी चोकमा बोलेरो गाडीको ठक्करबाट सोमबार एक किशोरको ज्यान गएको छ  । चितवनको भण्डाराबाट नारायणगढतर्फ आउँदै गरेको  ना ४ च ५००७ नम्बरको बोलेरो गाडीले ठक्कर दिदा स्थानीय १३ वर्षीय बसन्त थापाको ज्यान गएको हो ।

रत्ननगर १० निपनी चोकमा बिहान ९ः३० बजेको समयमा पैदलयात्री थापालाई ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते भएका थापाको भरतपुरस्थित चितवन मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्कर दिने बोलेरो र चालकलाई इलाका प्रहरी कार्यालय रत्ननगरले नियन्त्रणमा लिएको छ । घटनापछि बिहान ११ः३० बजेबाट स्थानीयले पूर्व-पश्चिम राजमार्ग अवरुद्ध गरेका थिए ।

दिउँसो २ बजे सामान्य बल प्रयोग गरी अवरुद्ध सडक नियमित गरिएको इलाका प्रहरी कार्यालय रत्ननगरका डीएसपी दयानिधि ज्ञवालीले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राधेश्याम खतिवडा

राधेश्याम खतिवडा उज्यालोका चितवन सहकर्मी र नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्व अध्यक्ष हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया