मन्त्री र सचिवहरुसँग कामको प्रगति माग्दै मुख्यमन्त्री राई

 चैत ४, २०७५ सोमबार १७:१२:३७ | सुमन तिमल्सिना
unn.prixa.net

फाइल फाेटाे

मोरङ – प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारका मन्त्री र सचिवहरुसँग कामको प्रगति विवरण माग गर्नुभएको छ ।  

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार  आयोजित मन्त्रालयगत चौमासिक प्रगति समीक्षा बैठकमा मन्त्री तथा सचिवहरुलाई मुख्यमन्त्री राईले मासिक कामको प्रगति माग माग्नु भएको हो ।

बैठकमा मुख्यमन्त्री राईले पाक्षिक रुपमा मन्त्रालयगत मन्त्री र सचिवले प्रगति समीक्षा गर्न निर्देशनसमेत दिनुभयो ।   ‘प्रत्येक मन्त्रालयहरुले पाक्षिक रुपमा प्रगति समीक्षा गर्नुहोस्’, मुख्यमन्त्री राईले निर्देशन दिँदै भन्नुभयो,  ‘प्रत्येक महिना कामको प्रगति विवरण मुख्यमन्त्री कार्यालयमा यसरी नै बसेर छलफल गराैँला ।’

नीति, कार्यक्रम र बजेट शीर्षकमा रहेर काम गर्न पनि मन्त्री र सचिवहरुलाई मुख्यमन्त्री राईले निर्देशन दिनु भएको छ  । राईले असारे विकासमा ध्यान नदिन सचिवहरुलाई निर्देशन दिँदै  अरुबेला बजेट खर्च नगरेर असारमा खर्च गर्ने बानीको अन्त्य गर्नु पर्नेमा जोड दिनुभउो ।

बलियो इच्छाशक्तिका साथ काम गर्न मुख्यमन्त्री राईले कर्मचारीहरुलाई आग्रह गर्नु भएको छ ।   कर्मचारी समायोजन लगायतका बहानामा मनस्थिति नबिगार्न पनि उहाँको आग्रह थियो । ‘अनुत्पादक क्षेत्रमा बजेट खर्च नगर्न निर्देशन दिँदै मुख्यमन्त्री राईले भन्नुभयो,  ‘उत्पादनमुलक र रोजगारमूलक क्षेत्रमा बजेट खर्च गर्न म अनुरोध गर्दछु ।’ यो आर्थिक वर्षको बाँकी रहेको समय अलिकति पनि खेर नफाल्न मुख्यमन्त्री राईले कर्मचारीहरुलाई निर्देशन दिनु भएको छ ।

प्रगति समीक्षामा मन्त्रालयगत सबै सचिवहरुले कामको प्रगति विवरण प्रस्तुत गरेका थिए । प्रगति समीक्षामा प्रमुख सचिव केदार न्यौपानेले सबै सचिवहरुलाई समन्वय गरेर काम गर्न निर्देशन दिनुभयो ।  चार–चार महिनामा मन्त्रालयगत रुपमा समीक्षा बैठक हुुँदै आएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कानुन सचिव भरतमणि रिजालले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया