होली मनाउन घर हिँडेका युवाको दुर्घटनामा परि ज्यान गयो

 चैत ६, २०७५ बुधबार १४:५७:४६ | सिताराम अधिकारी

धादिङ -  होली मनाउन पोखरातर्फ जाँदै गरेका एक युवाको  बुधबार धादिङको बेनीघाटमा मोटरसाइकल दुर्घटनामा ज्यान गएको छ ।

काठमाण्डौबाट पोखरातर्फ जाँदै गरेको ग १३ प ८०८५ नं.को मोटरसाइकल र  हेटौडाबाट काठमाण्डौतर्फ जाँदै गरेको ना ६ ख ४११४ नं.को ट्रक बेनीघाट रोराङ गाउँपालिका वडा नं.५ बेनीघाट गोमती पुलमा एक आपसमा ठक्कर खाएर दुर्घटना भएको थितयो ।

दुर्घटनामा पोखरा महानगरपालिका वडा नं.२३ का २० वर्षीय दिपक पुन मगर घाइते भएकोमा उपचारका लागि काठमाण्डौतफ लाँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिनुभयो ।

दुर्घटनामा पाेखराकाै मोटरसाइकल चालक २१ वर्षीय सुरज अधिकारीको काठमाण्डौस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सिताराम अधिकारी

धादिङका पत्रकार सिताराम अधिकारी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया