धादिङकाे गजुरीबाट ठूलाे परिमाणमा अवैध लागुऔषध बरामद

 चैत ८, २०७५ शुक्रबार २०:११:१५ | सिताराम अधिकारी
unn.prixa.net

धादिङ - पृथ्वीराजमार्गको नाकाबाट लुकाएर ल्याउँदै गरेको १ सय ६४ किलोग्राम अवैध लागुऔषध चरेश प्रहरीले शुक्रबार गजुरीबाट बरामद गरेको छ । 

काठमाण्डौबाट भारततर्फ जान लागेको ट्रकको क्याबिनमा ८ ओटा बोरामा हालेर लुकाएर राखिएको भारतीय नम्बर प्लेटको यू पी १९ टी ५१७१ नम्बरको ट्रकबाट लागुऔषधसहित भारत उत्तर प्रदेश निवासी २५ वर्षीय मौ महातपलाई हिरासतमा लिइएको छ । 

गाडी समेत प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । 

काठमाण्डौबाट भारततर्फ जान लागेका सवारी साधन बढी प्रयोग गरिने र सवारी साधनले फल्स बटन बनाइ लुकाइ-छिपाइ लाने गरेकोले कडा जाँचपछि यसरी लागुऔषध समातिएको प्रहरीको भनाइ छ । 

गजुरी र यसको आसपासको क्षेत्र राजमार्गसम्म ल्याउने वा काठमाण्डौबाट पृथ्वीराजमार्गको बाटो हुँदै निकासी गर्न सजिलो हुने भएपछि कारोबार गर्नेहरुले पृथ्वीराजमार्ग प्रयोग गर्ने गरेको पाइएको छ । 

शुक्रबार पक्राउ परेकोसमेत गरी ३ ओटा भारतीय ट्रक, एउटा नेपाली बस र २ नेपाली मोटरसाइकलसमेत बरामद गरी जिल्ला अदालतमा पेश गरिएको प्रहरीले जानकारी दिएको छ । 

प्रहरीको सक्रियता, निगरानी र कडाइपूर्ण जाँचले गर्दा लागुऔषध बरामद गर्न सकिएको इलाका प्रहरी कार्यालय गजुरीका प्रमुख तथा प्रहरी निरीक्षक नवराज ढुंगेलको भनाइ छ ।

 
 

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सिताराम अधिकारी

धादिङका पत्रकार सिताराम अधिकारी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया