भिडले होली वाइन मुर्दावादकाे नारा लगाउँदा माधव नेपालकाे जवाफ - घरमा मासु त चल्दैन, रक्सी त टाढाको कुरा !

 चैत ११, २०७५ सोमबार २०:५५:१० | राधेश्याम खतिवडा
unn.prixa.net

चितवन - नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधब कुमार नेपालले आफ्नो घर परिवार धार्मिक परिवार भएकाले घरमा मासुसमेत नचल्ने बताउँदै रक्सी टाढाको कुरा भएको बताउनुभएको छ ।

बराहक्षेत्र चताराधामका प्रमुख संरक्षक सिद्धमहायोगी श्री १००८ वैष्णव डा. कृष्णदास महाराजलाई नागरिक अभिनन्दन गरिने कार्यक्रममा प्रमुख अतिथिको रुपमा सहभागी नेता नेपालका अगाडि कार्यक्रममा सहभागीले होली वाइनको विषयलाई लिएर विरोध जनाएपछि उहाँले यस्तो बताउनुभएको हो ।

जिल्ला प्रहरी कार्यालय अगाडिको चौरमा आयोजना गरिएको कार्यक्रममा औपचारिक कार्यक्रम सुरु भए लगतै केही सहभागीले होली वाइन मुर्दावाद ! भन्दै नारा समेत लगाएका थिए । नारा लगाउनेहरुलाई सम्झाउन मञ्चमा रहेका केही अतिथिहरु्समेत सहभागीसमक्ष पुगेका थिए । केही समय विरोध गरेपछि कार्यक्रम अगाडि बढेको थियो ।

मन्तव्य दिने क्रममा नेता नेपालले आफना पिता पण्डित र महापण्डित समेत भएकाले घरमा मासु समेत नचल्ने गरेको बताउनुभयो । कसैले हल्ला चलायो भनेर त्यसको पछि कुद्न नहुने बताउँदै नेता नेपालले आफ्नो धर्म संस्कृति र संस्कारलाई त्यागेर विदेशीको पछि लागी नेपाली हूँ भन्नेलाई धिकार्नुपर्ने बताउनुभयो ।

धर्म र संस्कृतिले चेतना दिनुको साथै आत्मविश्वास समेत बढाउने उहाँले बताउनुभयो । देशको धर्म संस्कृतिलाई कसैले तेजोवोध गरेर समाप्त गर्न नसक्ने बताउँदै उहाँले धर्म संस्कृति देशको पहिचान भएको बताउनु भयो । 

 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राधेश्याम खतिवडा

राधेश्याम खतिवडा उज्यालोका चितवन सहकर्मी र नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्व अध्यक्ष हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया