मोरङका सहायक वन अधिकृत घुससहित पक्राउ

 चैत १५, २०७५ शुक्रबार १४:३८:२१ | सुमन तिमल्सिना
unn.prixa.net

घुससहित पक्राउ परेका वन अधिकृत सलाउद्दीन अन्सारी (बीचमा)

मोरङ – डिभिजन वन कार्यालय मोरङका सहायक वन अधिकृत सलाउद्दीन अन्सारी विराटनगरबाट घुससहित पक्राउ परेका छन्  ।

मोरङको सुन्दर हरैचा नगरपालिकामा रहेको दिपज्योति सामुदायिक वन उपभोक्ता समितिसँग ३५ हजार घुस लिँदै गर्दा  अन्सारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो । 

लाटी झोडा साझेदारी वनसमेत हेर्ने जिम्मेवारी पाएका अन्सारीले काठ दाउरा काट्न सहमति दिने नाममा उपभोक्ता समितिबाट रकम मागेका थिए । पटक–पटक उपभोक्ता समितिलाई विभिन्न नाममा रकम लिने गरेको गुनासो आउने गरेको आधारमा अख्तियारको टोलीले पिछा गर्दै उनलाई डिभिजन वन कार्यालयबाटै ३५ हजारसहित पक्राउ गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका डीएसपी डिल्लीनारायण पाण्डेको नेतृत्वमा आएको टोलीलाले उनलाई कार्यालयबाट नगदसहित पक्राउ गरेको हो ।  सुन्दर हरैचा नगरपालिका र केरावारी गाउँपालिका क्षेत्रमा पर्ने लाटीझोडा साझेदारी वनमा पछिल्लो समय रुख कटान व्यापक हुँदै आएको छ । उनलाई पक्राउ पछि कानुनी प्रक्रिया पूरा गरी काठमाण्डौ पठाइने तयारी भएको छ ।  अख्तियारका अनुसार आजै उनलाई काठमाण्डौ लगिने छ ।

डिभिजन वन कार्यालय विराटनगरका प्रमुख विशाल घिमिरेले कर्मचारीबाट  गर्नै नहुने काम भएको बताएका छन्  । पक्राउ परेका अन्सारीका सन्दर्भमा अख्तियारले कानुनअनुसार कारबाही गर्ने बताए । 

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया