बाराको जितपुरमा प्रहरी र विद्यार्थीबीच झडप, आक्राेशित विद्यार्थीले प्रहरी भ्यान जलाए

 चैत १६, २०७५ शनिबार ११:५६:४० | जयनारायण यादव
unn.prixa.net

बारा - बाराको जितपुरमा प्रहरी र विद्यार्थीबीच झडप भैरहेको छ।

झडपका कारण जितपुर बजार क्षेत्र अहिले तनावग्रस्त बनेको छ। स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले झण्डै १५/१६ राउण्ड अश्रुग्यास प्रहार गरेको छ।

एसईई परीक्षा स्थगित गरेको विरोधमा प्रदर्शनमा उत्रेका विद्यार्थीमाथि प्रहरीले लाठीचार्ज गरेपछि स्थिति तनावग्रस्त बनेको हो। आक्रोशित विद्यार्थीले इलाका प्रहरी कार्यालय जितपुरको ना१ झ ७१२ नम्बरको भ्यानमा आगजनी गरेका छन।

अहिले पनि प्रहरी र विद्यार्थीबीच झडप भैरहेको छ। प्रहरीले केही राउन्ड हवाई फायर गरेको स्थानीयले बताए पनि पुष्टि हुन सकेको छैन। प्रहरी उपरीक्षक सानुराम भट्टराई कुनै प्रतिक्रिया दिन मानेका छैनन। यसअघि कलैयामा प्रहरी र विद्यार्थीबीच झडप हुँदा एकजना प्रहरी घाइते भएका थिए।

 

 

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

जयनारायण यादव

जयनारायण यादव बाराका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया