बारामा हावाहुरी : घाइते सबैलाई अस्पताल पुर्‍याइयो, भत्किएका घरमा खोजी चल्दै

 चैत १८, २०७५ सोमबार ८:१५:५२ | जयनारायण यादव
unn.prixa.net

बारा – आइतबार बेलुकीको हावाहुरीका कारण बारामा २७ जना र पर्सामा एकजनाको ज्यान गएको पुष्टि भएको छ । चारसय भन्दा धेरै घाइते भएका छन् । घाइते सबैको बारा र पर्साका विभिन्न अस्पतालमा पुर्‍याइएको प्रहरीले जनाएको छ ।

बाराको फेटा गाउँपालिकाको पुरैनिया र भरवलीया, कलैया उपमहानगरपालिकाको धर्मनगर, सुवर्ण गाउँपालिकाको हर्दिया, पचरौता नगरपालिकाका विभिन्न ठाउँ, महागढीमाई नगरपालिकाको तेलकुवालगायत ठाउँमा हावाहुरीले घर भत्किएको छ । हावाहुरीले बिजुलीका पोल ढाल्नुका साथै गुडिरहेका गाडी पनि पल्टेका थिए । घर भत्किँदा तथा बिजुलीका पोल ढल्दा र गाडी पल्टिंदा ठूलो मानवीय क्षति भएको हो ।

उद्दारको काम चलिरहेकाले ज्यान गुमाउनेको संख्या बढ्न सक्ने जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डीएसपी हेमबहादुर शाहीले जानकारी दिनुभयो । अहिले प्रहरीले भत्किएका घरमा खोजी गरिरहेको छ । 

चार सयभन्दा धेरै घाइतेको बारा र पर्साका अस्पतालमा उपचार भैरहेको छ । गम्भीर घाइते ३ जनाको नेशनल मेडिकल कलेजमा आईसीयूमा उपचार भइरहेको छ । घाइतेलाई दिन रगतको अभाव भएपछि आइतबार बेलुकै सुरक्षाकर्मीले रक्तदान गरेका थिए ।

वीरगञ्जमा अझै पनि रगतको अभाव भएको छ । युथ फर ब्लड संस्थाले अझै पनि दुई सयदेखि ३ सय प्रिण्टसम्म रगत आवश्यक परेकाले वीरगञ्जका जुनसुकै अस्पतालमा पुगेर रक्तदान गर्न संस्थाले आग्रह गरेको छ । साेमबार बिहानैदेखि तीनवटै सुरक्षा निकायका टोलीले घाइतेको उद्दार गरिरहेका छन् । उद्दारका लागि काठमाण्डौमा हेलिकोप्टर तयारी अवस्थामा राखिएको गृह मन्त्रालयले जनाएको छ ।
 

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

जयनारायण यादव

जयनारायण यादव बाराका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया