हावाहुरीमा परि आफन्त गुमाउने परिवारलाई कांग्रेसले २५ लाख दिने

 चैत १९, २०७५ मंगलबार २१:०:४८ | जयनारायण यादव
unn.prixa.net

बारा - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बाराको हुरी प्रभावित  पुरैनिया र भलुहीभरवलियाको मंगलबार निरीक्षण गर्नु भएको छ।

निरीक्षणपछि उहाँले ज्यान गुमाएका परिवारका लागि नेपाली कांग्रेसले जिल्ला दैवीप्रकोप उद्धार समितिमार्फत २५ लाख रुपैयाँ दिने घोषणा गर्नुभयो। उहाँले पीडितहरुप्रति राज्य गम्भीर हुन नसकेको आरोप लगाउनुभयो।

हुरी आएको तीन दिन बितिसक्दा पनि राज्यले अत्यावश्यक सेवाहरु उपलब्ध गराउन नसकेकोमा चिन्ता व्यक्त गर्दै उहाँले तत्काल राहत वितरण कार्यमा लाग्न सरकारसँग माग गर्नुभयो। उहाँले राहतका लागि रेडक्रस जस्ता दातृ संस्थाहरुलाई सक्रिय हुन पनि आग्रह गर्नुभयो।
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

जयनारायण यादव

जयनारायण यादव बाराका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया