बारा हावाहुरीमा क्षतिग्रस्त विद्युत पूर्वाधार मर्मत गर्न अझै दुई हप्ता लाग्ने

 चैत २१, २०७५ बिहिबार ९:१६:११ | जयनारायण यादव
unn.prixa.net

बारा – बाराको हावाहुरी प्रभावित क्षेत्रका बासिन्दाहरु अझै दुई हप्ता अँध्यारोमै बस्नु पर्ने भएको छ । ठूलो संख्यामा पोलहरु ढलेको, ट्रान्सफर्मरमा क्षति पुगेको र विद्युतका तारहरु चुँडिएकोले त्यसलाई मर्मत गरेर सुचारु गर्न कम्तीमा दुई हप्ता लाग्ने नेपाल विद्युत प्राधिकरण कलैया वितरण केन्द्रका प्रमुख गजेन्द्र कुमार चौधरीले बताउनु भयो । 

‘भलुही भरवलिया र पुरैनियामा आवश्यक पर्ने पोलहरु ठाउँमा पुर्याइ सकेका छौँ’ वितरण केन्द्रका प्रमुख चौधरीले भन्नभयो, ‘तर मानिसहरुको भीडका कारण पोल ठड्याउन सकेका छैनौँ ।’ लगातार तीन दिनसम्म कर्मचारीहरु पोल गाडेर ठड्याउन पुगे पनि बाटोमा ओहोर–दोहोर गर्ने मानिसहरुको भीडका कारण पोल ठड्याउन नसकेर फर्किनु परेको वितरण केन्द्र प्रमुख चौधरीले बताउनु भयो ।

ठूलो संख्यामा पोल ढलेको, ट्रान्सफर्मर र प्रसारण लाइनमा व्यापक क्षति भएका कारण पोल ठड्याएर विद्युत सुचारु गर्न १२–१४ दिन लाग्ने विद्युतका कर्मचारीले बताएका छन् । 

गएको आइतबार साँझ आएको विनाशकारी हावाहुरीले घरसँगै विद्युतका पोलहरु ढालेपछि विजुली अवरुद्ध भएको थियो । विद्युत केन्द्र कलैयाका वितरण केन्द्र प्रमुख चौधरीका अनुसार हावाहुरीले विद्युततर्फ झण्डै १० देखि १२ करोडको क्षति पुगेको छ ।
 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

जयनारायण यादव

जयनारायण यादव बाराका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया