एकद्वार प्रणालीले राहत वितरण गर्ने जिल्ला प्रशासन कार्यालय बाराकाे निर्णय

 चैत २१, २०७५ बिहिबार १४:१९:२३ | जयनारायण यादव
unn.prixa.net

बारा - जिल्ला प्रशासन कार्यालय बाराले एकद्वार प्रणालीले राहत वितरण गर्ने निर्णय गरेको छ।

आजदेखि व्यक्ति वा संघसंस्थाले जिल्ला विपद व्यवस्थापन समितिको सिफारिसअनुसार मात्रै राहत वितरण गर्न सक्ने जिल्ला प्रशासन कार्यालय बाराका सूचना अधिकारी मुरारी कार्कीले जानकारी गराउनुभयो।

हावाहुरी प्रभावित बाराको विभिन्न क्षेत्रमा एकद्वार प्रणालीले राहत वितरण नहुँदा पीडितले पाउन नसकेको गुनासो आएपछि जिल्ला प्रशासन कार्यालयले राहत वितरणमा कडाइ गरेको हो।

जिल्ला प्रशासन कार्यालयमा हेल्प डेस्क स्थापना गरेर राहत वितरणका लागि सिफारिस गर्न थालिएको प्रशासकीय अधिकृत कार्कीले बताउनुभयो। जिल्ला प्रशासन कार्यालयले हावाहुरी प्रभावित क्षेत्रमा प्रवेश गर्ने बाटोमा राहत वितरणका लागि जिल्ला प्रशासन कार्यालयमा सम्पर्क गर्नुपर्ने व्यवहोरासहितको ब्यानर राख्नुका साथै सुरक्षाकर्मी खटाएको छ।

आजदेखि कुनै पनि व्यक्ति र संघसंस्थाले जिल्ला प्रशासन कार्यालयको समन्वयबिना राहत वितरण गर्न नपाउने व्यवस्था मिलाइएकोअधिकृत कार्कीले बताउनु भयो।
 

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

जयनारायण यादव

जयनारायण यादव बाराका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया