हावाहुरीसहित पानी परेपछि बाराका हुरी प्रभावितको बिचल्ली

 चैत २६, २०७५ मंगलबार १४:६:११ | जयनारायण यादव
unn.prixa.net

बारा – मंगलबार बिहान हावाहुरीसहित पानी परेपछि बाराका हावाहुरी प्रभावित क्षेत्रका पीडितहरुको बिचल्ली भएको छ ।

वर्षापछि टेण्टभित्र पानी पसेकाले पीडितहरु छिमेकीको घरमा आश्रय लिन पुगेको हावाहुरी प्रभावित फेटा गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष जाकिर मियाँले जानकारी दिनुभयो । त्रिपालभित्र पानी पसेर लुगाकपडा र खाद्यान्न समेत भिजेको फेटा गाउँपालिका–१ का पीडित विक्की महतोले बताउनुभयो ।

पानीले महिला, बालबालिका र वृद्धवृद्धा झनै समस्यामा परेका छन् ।  ‘अब घाम लागेर नसुकेसम्म बस्ने ठाउँ नै छैन । लगाउने कपडा पनि भिजेका छन्’ पुरैनियाकी शायला खातुनले गुनासो गर्नुभयो ।

मंगलबार बिहानको हावाहुरी र वर्षा पछि भलुही भरवलियाका पीडितहरुलाई तत्कालका लागि स्थानीय विद्यालयमा बस्ने व्यवस्था गर्न लागिएको फेटा गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष जयप्रकाश दासले जानकारी गराउनु भयो ।

यस्तै मंगलबार बिहान आएको हावाहुरी र असिना पानीले जितपुर सिमरा उपमहानगरपालिकामा नौ वटा घरको छानो उडाएको छ । हावाहुरीले सिमरामा रहेको रेडियो सिमराको टावर ढालेको छ ।

टावर ढलेपछि रेडियोको प्रसारण अवरुद्ध भएको कार्यकारी निर्देशक मनोज पौडेलले बताउनुभयो । हावाहुरीले सिमरा नरबस्तीमा तीनवटा पोलसमेत ढालेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

जयनारायण यादव

जयनारायण यादव बाराका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया