नयाँ वर्ष मनाउन बर्दिया पुगेका दुई युवा गेरुवा नदीमा बेपत्ता

 बैशाख १, २०७६ आइतबार १८:५:५३ | भावुक योगी
unn.prixa.net

बर्दिया– कर्णाली नदीको भंगालो गेरुवा नदीमा पौडी खेल्ने क्रममा डुबेर दुई जना युवा बेपत्ता भएका छन्  ।

बर्दियाको मधुवन नगरपालिका कोठियाघाट पुल नजिक कर्णाली गेरुवा नदीमा पौडी खेल्ने क्रममा आइतबार दिउँसो दुई युवा बेपत्ता भएका हुन् । बाँके कोहलपुरका १७ वर्षीय दिपेन्द्र कार्की र कैलाली लम्कीका १८ वर्षीय प्रज्वल कोइराला कर्णाली नदीमा डुबेर बेपत्ता भएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्गले जानकारी दिनुभयो ।

नदीमा बेपत्ता भएका दुवै जनाको नेपाल प्रहरी र स्थानीय बासिन्दाले खोजी गरिरहेको बर्दियाका प्रहरी उपरिक्षक सुरेन्द्रप्रसाद मैनालीले बताउनुभयो ।

कोहलपुर त्रिभुवन उच्च माविमा अध्ययनरत ६ जना युवाहरु नयाँ वर्ष मनाउन नदीमा पौडी खेल्न आएका तथा कोठियाघाट पुलमा आएर गेरुवा नदीमा पौडी खेल्ने क्रममा दुई जना बेपत्ता भएका र अहिले उनीहरुको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
 

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

भावुक योगी

बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया