काठमाण्डौ महानगरपालिका अन्तर्गतका विद्यालयमा आज बिदा

 बैशाख २४, २०८१ सोमबार ८:२६:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डौ – काठमाण्डौ महानगरपालिका अन्तर्गतका विद्यालयमा आज बिदा दिइएको छ । महानगरपालिकाको शिक्षा विभागले विद्यालयहरुलाई परिपत्र गरेर आज सार्वजनिक बिदा भएको जानकारी दिएको हो ।

काठमाण्डौ महानगरबाहेकका अरु पालिकाले भने विद्यालयमा बिदा दिनेबारे जानकारी गराएका छैनन् ।  पालिकाले जानकारी नगराएपछि काठमाण्डौ महानगर अन्तर्गत बाहेकका धेरै विद्यालयमा आज पढाइ हुने भएको छ ।

बागमती प्रदेशमा नेपाली भाषाका अतिरिक्त नेपाल भाषा र तामाङ् भाषालाई सरकारी कामकाजको भाषाका रुपमा लागू हुने दिनका रुपमा आज प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय भएको हो । विद्यालयहरु पालिकाअन्तर्गत हुने भएकाले प्रदेशले दिएको बिदा केही ठाउँमा लागू भएको छ भने केहीमा छैन । 
 

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया