भेरी–बबई आयोजनाको सुरुङ निर्माण सकियो, भेरीको पानी बबईमा मिसाएर सिँचाइ !

 बैशाख ३, २०७६ मंगलबार १३:१७:४४ | मुना हमाल
unn.prixa.net

सुर्खेत – राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ निर्माणको काम सकिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वीच थिचेर सुरुङको ‘ब्रेक थ्रु’ गरेसँगै आयोजनाको सुरुङ निर्माणको काम सकिएको औपचारिक घोषणा भएको हो ।

भेरीगंगा नगरपालिको हात्तिखालदेखि चिप्लेसम्म १२ किलोमिटर २ सय मिटर सुरुङ निर्माणको काम निर्धारित समय भन्दा झण्डै १ बर्ष पहिल्यै सकिएको हो । यसको ठेक्का पाएको चाइना ओभरसिज इन्जिनियरिङ ग्रुफ कम्पनीले २०७४ साल कात्तिक २० गतेदेखि काम थालेको थियो ।

नेपालमै पहिलोपटक टनेल बोरिङ मेसिन (टीबीएम) प्रयोग गरिएकाले तोकिएभन्दा पहिल्यै काम सकिएको आयोजनाका प्रमुख सञ्जिव बरालले  जानकारी दिनुभयो ।

भेरी नदीको पानीलाई बबई नदीमा मिसाएर बाँके र बर्दियाँका ५१ हजार हेक्टर क्षेत्रफल जमीनमा सिँचाइ पुर्‍याउने आयोजनाको लक्ष छ । त्यसबाहेक आयोजनाबाट ४६ दशमलव ८ मेगावाट बिजुली पनि उत्पादन गरिनेछ ।


 

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

मुना हमाल

मुना हमाल सुर्खेतका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया