सामाजिक न्यायसहितको आर्थिक समृद्धि आजको आवश्यकता : प्रचण्ड

 बैशाख ८, २०७६ आइतबार २०:४४:१२ | राधेश्याम खतिवडा
unn.prixa.net

चितवन- पूर्व प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहालले सामाजिक न्याय सहितको आर्थिक समृद्धि आवश्यक भएको बताउनुभएको छ ।

चितनवको भरतपुरमा सहकारी पेट्रोल पम्पको उद्घाटन गर्दै उहाँले सामाजिक न्यायसहितको आर्थिक समृृद्धि र समाजवाद उन्मुख राज्यका निम्ति सहकारीको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो ।  

सहकारीको लगानीबाट देशका विभिन्न स्थानमा तीन सयभन्दा धेरै उद्योग सञ्चालनको तयारीमा रहेको बताउँदै उहाँले तीन खम्बे अर्थ नीतिबाट नै देश समृद्धितर्फ जाने बताउनुभयो । निजी क्षेत्रलाई अलग राखेर, सहकारीलाई अलग राखेर विकास सम्भव नभएको बताउँदै अध्यक्ष दाहालले सार्वजनिक, निजी र सहकारीको सहकार्यमा देशको अर्थतन्त्रलाई अगाडि बढाउन सकिने धारणा राख्नुभयो । 

जिल्लाका दुई सय ९४ सहकारीको २५ हजारदेखि ५ लाख रुपैयाँसम्मको लगानीमा पम्प सुरु गरिएको सहकारी संघका अध्यक्ष टिकाराम भट्टराईले बताउनुभयो । अन्य पम्पभन्दा प्रतिलिटर २५ पैसा सस्तोमा तेल बिक्री गरिने उहाँले बताउनुभयो । 

पम्प निर्माणका लागि चार करोड ६६ लाख ३७ हजार रुपैयाँ खर्च भएको बताउँदै अध्यक्ष भट्टराईले पम्पमा पेट्रोल र डिजेल गरी एक लाख चार हजार लिटर क्षमता रहेको बताउनुभयो । चौबिसै घण्टा सञ्चालन गरिने साझा पेट्रोल पम्पमा एकै पटकमा आठ वटा गाडीमा तेल हाल्न सकिन्छ । 
 

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राधेश्याम खतिवडा

राधेश्याम खतिवडा उज्यालोका चितवन सहकर्मी र नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्व अध्यक्ष हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया