तिहारअन्तर्गत आज कुनै पर्व छैन : नेपाल पञ्चाङ्ग निर्णायक विकास ...
कात्तिक १६, २०८१ शुक्रबार
बलिउडमा स्टार किड्सको डेब्यूलाई महत्वका साथ लिइन्छ । बलिउड अभिनेत्री जान्ह्वी कपूरपछि अब उनकी बहिनी खुशी कपूर बलिउडमा डेब्यूको तयारी गरिरहेकी छिन् ।
खुशीले एउटा कार्यक्रममा आफू बलिउडमा आउने तयारी गरिरहेको बताउँदै भनेकी छिन्, ‘म छिट्टै नै बलिउड डेब्यू गर्ने छु । मेरो पहिलो फिल्म करण जोहरका साथ गर्न चाहन्छु । तर मलाई थाहा छ मेरो पहिलो अभिनेताको छनौट भने मेरो बुबाले नै गर्नुहुन्छ । किनकी उहाँ मलाई लिएर धेरै प्रोटेक्टिभ हुनुहुन्छ ।’
खुशीले आफ्ना बुवासँगको सम्बन्धका बारेमा बताउँदै भनिन्, ‘म घरको सबैभन्दा कान्छी हुँ, त्यसैले पनि बुवा मलाई लिएर धेरै प्रोटेक्टिभ हुनुहुन्छ । मेरा लागि घरमा कर्फ्यूजस्तो माहोल हुन्छ । म कहाँ छु ? कसको साथमा छु ? र कतिबेरसम्मका लागि बाहिर रहनेछु ? यी सबै कुराको जानकारी मेरो बुवालाई हुनुपर्छ । एक पटक त म मेरो साथीसँग थिए, त्यही बेला बुबाले मेरो साथीलाई म्यासेज गरेर हामी दुबैको साथमै रहेको फोटो माग्नुभएको थियो ।’
खुशीले अगाडि भनिन्, ‘मेरो बुबा यस कुरामा चिन्तित हुनुहुन्छ कि म कस्तो व्यक्तिको साथमा छु । यदि म असल व्यक्तिहरुका साथमा रहे भने बुबालाई त्यसमा कुनै आपत्ति छैन । बुवा सधैँ यही कुरामा ध्यान दिनुहुन्छ । यही कारणले बुवा मेरो फिल्मको हिरो पनि आफै खोजिरहनु भएको छ ।’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।