कर्णाली प्रिमियर लिग : कर्णाली-११ ले लाली गुराँस क्रिकेट टिमलाई ८ विकेटले हरायो

 बैशाख १२, २०७६ बिहिबार १८:४७:१ | मुना हमाल
unn.prixa.net

सुर्खेत- दोस्रो संस्करणको कर्णाली प्रिमियर लिग (केपीएल) मा कर्णाली–११ ले विजयी सुरुवात गरेको छ । वीरेन्द्रनगरको कालिञ्चोक क्रिकेट मैदानमा बिहीबार भएको पहिलो खेलमा कर्णालीले लाली गुराँस क्रिकेट क्लबलाई ८ विकेटले हराएको हो । 

लाली गुराँस क्रिकेट क्लबले दिएको एक सय दुई रनको लक्ष्य कर्णालीले दुई विकेटको गुमाउँदै १४ दशमलव दुई ओभरमा भेटायो । कर्णालीका लागि रविन्द्र जंग शाहीले सर्वाधिक ४५ रन बनाउँदा निश्चल रावलले ३१ रनको योगदान दिए । लाली गुराँसका लागि अजय यादव र प्रणव शाहले सान्त्वनाका रुपमा एक-एक विकेट लिए । लाली गुराँस १६ रन अतिरिक्त दिएको थियो । 

यसअघि पहिला टस जितेर ब्याटिङ गरेको लाली गुराँसले निर्धारित २० ओभर खेल्दै सबै विकेटको क्षतिमा एक सय एक रनमात्र बनाउन सक्यो । लाली गुँरासका लागि रोनक दक्षिनीले २१ र अजय यादवले २० रन बनाए ।  

लाली गुराँसलाई सस्तैमा समेट्ने क्रममा कर्णालीका किशोर महतोले ४ ओभरमा १४ रन दिँदै तीन विकेट लिए । त्यस्तै दिवान पुनले तीन र जीतेन्द्र सिंह ठकुरीले दुई विकेट लिए ।  

वैशाख २१ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा ३ विभागीय टिमसहित ८ टिमको सहभागिता रहेको छ । लिगको विजेताले पाँच लाख र उपविजेताले दुई लाख पाउनेछन् । 

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

मुना हमाल

मुना हमाल सुर्खेतका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया