कर्णाली प्रिमियर लिगः न्यु होराइजन क्लब बुटवलकाे पहिलाे जित

 बैशाख १३, २०७६ शुक्रबार १५:३२:७ | मुना हमाल
unn.prixa.net

सुर्खेत - दोस्रो संस्करणको कर्णाली प्रिमियर लिग (केपीएल) मा न्यु होराइजन बुटवलले पहिलो जित हात पारेको छ । शुक्रबार भएको पहिलो खेलमा महेन्द्रनगर क्रिकेट एकेडेमीलाई ७१ रनले हराउँदै बुटवलले विजयी सुरुवात गरेको हो ।

पहिले ब्याटिङ गरेको न्यु होराइजन बुटवलले निर्धारित २० ओभरमा १ सय ६६ बनाएको थियो । उसका लागि सुनिल धमलाले ६० रन, अर्जुन रायमाझीले २४ र सुरज दराइले २१ रनको योगदान दिए । महेन्द्रनगरका लागि सन्तोष भट्टले २ तथा विकास अग्री र विक्रम ठगुन्नाले समान एक-एक विकेट लिए । 

१ सय ६७ रनको लक्ष्य पछ्याएकाे महेन्द्रनगर ९५ रनमा अल आउट भएपछि खेल बुटवलले ७१ रनले जितेको हो । खेलको प्लेयर अफ द म्याच बुटवलका सुनिल धमला घाेषित भए । 

प्रतियोगिता अन्तरगत शुक्रबारकाे दोस्रो खेलमा त्रिभुवन आर्मी क्लब र लालिगुराँस क्रिकेट एकेडेमीबीच खेल भइरहेको छ । 

 २१ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा ३ विभागीय टिमसहित ८ टिमको सहभागिता रहेको छ । लिगको विजेताले पाँच लाख र उपविजेताले दुई लाख रुपैयाँ पाउनेछन् । 
 

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

मुना हमाल

मुना हमाल सुर्खेतका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया