कर्णाली प्रिमियर लिगः कर्णाली–११ को दोस्रो जित, मध्यपश्चिम ३१ रनले पराजित

 बैशाख १४, २०७६ शनिबार १३:३९:२५ | मुना हमाल
unn.prixa.net

सुर्खेत - कर्णाली प्रिमियर लिग अन्तर्गत शनिबार भएको पहिलो खेलमा कर्णाली-११ ले मध्यपश्चिम क्रिकेट क्लबलाई ३१ रनले हराएको छ । योसँगै कर्णाली–११ ले दोस्रो जित हात पारेको छ । 

वीरेन्द्रनगरको कालिञ्चोक क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको कर्णाली-११ ले २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ४८ रन बनायो । उसका लागि कर्णाली-११ को कप्तानी समेत सम्हालेका रविन्द्रजंग शाहीले ६१ रन बनाए । शाहीले ५६ बलमा ६ चौका प्रहार गरे ।  यस्तै कृष्ण कार्कीले ४६ र लोकेश बमले१७ रन बनाए ।

मध्यपश्चिम क्रिकेट क्लबको लागि तुल्सीराम अहिनले २ विकेट तथा अमित तामाङ र अजय शाहनीले १/१ विकेट लिए।

कर्णालीले दिएको १ सय ४९ रनको लक्ष्य पछ्याउने क्रममा मध्यपश्चिम क्रिकेट क्लबले २० ओभरमा ७ विकेट गुमाएर १ सय १७ रन मात्रै बनायो । मध्यपश्चिमका लागि शैलेन्द्र यादवले ३१, राजवीर सिंहले ३० तथा आकाश विस्टले २३ रन बनाए  । 

मध्यपश्चिमलाई कम रनमै रोक्न कर्णाली–११ का कृष्ण कार्कीले ३ तथा किशोर महतोले २ विकेट लिए । खेलको 'म्यान अफ द म्याच' कर्णाली-११ का कृष्ण कार्की घोषित भए । 

यस्तै दोस्रो खेलमा हिमालयन क्रिकेट क्लब र सशस्त्र प्रहरीको एपीएफ प्रतिस्पर्धा हुँदैछ । खेल दिउँसो २ बजे हुनेछ । 


 

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

मुना हमाल

मुना हमाल सुर्खेतका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया