काम्ने समस्या भएका उदयपुरका बिरामीलाई उपचारका लागि विराटनगर ल्याइयो, खान र बस्न सांसदको सहयोग

 बैशाख १८, २०७६ बुधबार १५:६:३५ | सुमन तिमल्सिना
unn.prixa.net

मोरङ- उदयपुर रौतामाई गाउँपालिका ६ नामन्ताका (समाल) मगर परिवारमा देखिएको काम्ने समस्याको उपचार सुरु भएको छ ।

गएको वैशाख १० गते प्रदेश सभामा उदयपुरका सांसद नारायणबहादुर मगरले समाल समुदायका एक दर्जन मानिसमा काम्ने समस्या देखिएको भन्दै सकारको ध्यानाकर्षण गराउनुभएको थियो । उहाँले सदनमा जानकारी गराएलगत्तै प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले जिल्ला अस्पताललाई त्यहाँको अवस्थाको बारेमा तत्काल बुझ्न निर्देशन दिएको थियो ।

जिल्ला अस्पताल गाईघाटबाट गएको टोलीले समाल समुदायका आठ जना बिरामीलाई सोमबार नै गाईघाटमा ल्याइएको र सामान्य उपचार पछि विराटनगर लगिएको सांसद मगरले बताउनुभयो । मगरका अनुसार त्रियुगा नगरपालिकाले गाडि खोजेर विराटनगरसम्म पठाउने व्यवस्था मिलाएको  थियो । सांसद मगरको पहलमा सामाजिक विकास मन्त्रालयले उपचारको लागि ल्याएको बिरामीलाई न्युरो अस्पताल विराटनगरमा भर्ना गरिएको छ ।

लामो समयदेखि बिरामी परेर बसेका उनीहरुलाई अस्पताल कसरी ल्याउने भन्ने कुरा थियो तर अस्पताल लगेर उपचार गर्न थाले पछि खानबस्न समस्या हुँदा सांससदहरुसँग सहयोग मागिएको छ ।  बिरामीका कुरुवा र बिरामीलाई खान र बस्नको समस्या देखिएको भन्दै प्रदेश सभा सदस्यहरुसँग सहयोग उठाइएको हो ।

बुधबार बोलाइएको नेकपा संसदीय दलको बैठकमा सहभागी हुन आएका बेला सांसद मगरले अधिकांश सांसदसँग खाने व्यवस्थाका लागि रकम सहयोग उठाइएको बताउनुभयो । खान र बस्नको लागि प्रदेश सांसदहरुबाट रकम उठाइएको हो ।

आठ जना बिरामीसहित एक जना बिरामीका कुरुवा पनि अहिले विराटनगरको न्युरो अस्पतालमा छन् । सामाजिक विकास मन्त्रालयले अस्पतालमा लाग्ने उपचार गराउने भएपनि औषधि र खान बस्नको लागि आर्थिक सहयोग संकलन गरिएको सांसद मगरले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया