कर्णाली प्रिमियर लिगः एपीएफ र बुटवल सेमिफाइनलमा

 बैशाख १८, २०७६ बुधबार १८:५१:५० | मुना हमाल
unn.prixa.net

सुर्खेत - दोस्रो संस्करणको कर्णाली प्रिमियर लिगमा सशस्त्र प्रहरीकाे एपीएफ र न्यू होराइजन क्लब बुटवल सेमिफाइनलमा प्रवेश गरेका छन् ।

वीरेन्द्रनगरको कान्लिचोक क्रिकेट मैदानमा बुधबार भएको खेलमा एपीएफले महेन्द्रनगर क्रिकेट एकेडेमीलाई १८ रनले हरायो । यो जितसँगै एपीएफ समूह ‘बी’ को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो । 

टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले २० आभेरमा ९ विकेट गुमाउँदै एक सय ४३ रन बनाएको थियो । उसका लागि सुमित महर्जनले २६, भुवन कार्कीले २०, शंकर रानाले १४ र आयुष्मान बमले १० रन बनाए । महेन्द्रनगरले एपीएफलाई २५ अतिरिक्त रन दिएको थियो । 

बलिङतर्फ महेन्द्रनगरका सन्तोष भट्टले ३, आकाश चन्दले र विक्रम ठगुन्नाले समान २-२,  विनोद लामा र दिनेश अग्रीले समान १-१ विकेट लिए ।  

त्यस्तै अर्काे खेलमा एपीएफले दिएको एक सय ४४ रनको लक्ष्य पछ्याएर मैदनमा उत्रिएको महेन्द्रनगरले २० ओभरमा ८ विकेट गुमाउँदै मात्र एक सय २५ रन मात्र बनाउन सक्यो । यो हारसँगै महेन्द्रनगर प्रतियोगिताबाट बाहिरिएको छ । 

बलिङतर्फ एपीएफका कमलसिंह ऐरीले ३ र भुवन कार्कीले २ विकेट लिए । त्यस्तै यज्ञमान कुमाल, अमर सिंह रौटेला र शरद भेषवाकरले समान १ १ विकेट लिए । 

यसअघि समूह ‘ए’ बाट घरेलु टोली कर्णाली–११ र त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश गरिसकेका छन् । 

सेमिफाइलनका खेलहरु शुक्रबार हुनेछन् ।  पहिलो सेमिफाइनल खेल समूह ‘ए’ को विजेता कर्णाली –११ र समूह ‘बी’ को उपविजेता न्यू होराइजन बुटवलबीच हुनेछ । 

यस्तै दोस्रो सेमिफाइनल खेल समूह ‘बी’ को विजेता एपीएफ र समूह ‘ए’ को उपविजेता आर्मीबीच हुनेछ । 
 

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

मुना हमाल

मुना हमाल सुर्खेतका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया