प्रदेश एकको राजधानी विराटनगर बनाउन नेकपा संसदीय दलकाे प्रस्ताव

 बैशाख २२, २०७६ आइतबार १८:१२:२ | सुमन तिमल्सिना
unn.prixa.net

माेरङ – प्रदेश एकको राजधानी विराटनगर बनाउन प्रदेश सभा सचिवालयमा प्रस्ताव दर्ता भएको छ ।

नेकपा संसदीय दलको बैठकले राजधानी विराटनगरमै राख्ने निर्णय गरेको हो । संसदीय दलको निर्णयबारे जानकारी दिँदै प्रदेश सरकारका प्रवक्ता हिक्मत कार्कीले राजधानी विराटनगर रहने तथा कार्यपालिका, व्यवस्थापिका लगायतका संरचना इटहरी र सुन्दरहरैचा आसपास निर्माण गर्ने निर्णय भएको बताउनुभयो ।

प्रदेशको राजधानी प्रदेशसभाको दुई तिहाइ बहुमतले टुंगो लगाउने संवैधानिक व्यवस्था छ । प्रदेश १ मा नेकपाको दुई तिहाइ बहुमत छ । प्रदेशको स्थायी राजधानी धरानलाई तोक्न माग गर्दै विराटनगरमा विरोध प्रर्दशन भएको छ ।

प्रदेशसभा अगाडि सिट्ठी जुलुस निकाल्दै  धर्ना दिएका उनीहरुले प्रदेश सभाका सभामुख प्रदिपकुमार भण्डारीलाई ज्ञापन पत्र पनि बुझाएका छन् । प्रदेश एकको नाममा भने सहमति जुटिसकेको छैन । 

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया