प्रदेश सरकारसमक्ष  चितवनले अघि सार्‍यो १२ आयोजना : क्रिकेट रङ्गशालालाई १० करोड माग

 बैशाख २६, २०७६ बिहिबार १९:३८:३८ | राधेश्याम खतिवडा
unn.prixa.net

प्रतिकात्मक तस्बिर

चितवन – प्रदेश सरकार नीति तथा योजना अयोग हेटौडाबाट आर्थिक वर्ष २०७६/०७७ का लागि नीति कार्यक्रम, योजना तर्जुमा र बजेट निर्माण कार्यका लागि अनुरोध भएअनुसार योजना छनौट भएका छन् । 

३ निर्वाचन क्षेत्रका प्रदेश (क) अन्तर्गतको बिहीबार बैठक बसी योजना पेस गरिएको हो । प्रदेश सभा सदस्य  र स्थानीय तहका प्रमुखहरुको उपस्थितिमा  ५० करोड लागतका लागि चितवनमा ३ वटा योजनाहरु प्रदेश सरकारसमक्ष प्रस्ताव गरिएको छ । १० करोड लागतका ९ वटा योजना गरी कुल २ अर्ब ४० करोडको १२ योजना प्रस्ताव गरिएको हो ।  प्रदेशले तीन  निर्वाचन क्षेत्रमा हरेक प्रदेश निर्वाचन क्षेत्रबाट ३ वटा ५० करोडका योजना र ९ वटा १० करोडको योजना माग  गरेको थियो ।

पश्चिम चितवनमा निर्माण हुन लागेको अन्तर्राष्टिय क्रिकेट रंगशालाका लागि प्रदेश सरकारसमक्ष यस निर्वाचन  क्षेत्रका जनप्रतिनिधिले दश करोड रुपैयाँको योजना प्रस्ताव गरेका छन् । धुर्मुस सुन्तली फाउण्डेसनले बनाउने तयारी गरेको यस रंगशालामा सरकारको पनि प्रत्यक्ष सहयोग र सहभागिता होस् भनी दश करोड रकम लागि प्रस्ताव गरिएको यस क्षेत्रका प्रदेश सांसद कृष्ण भुर्तेलले बताउनुभयो ।  । 

चितवन निर्वाचन क्षेत्र  नम्बर १ ‘क’ मा ५० करोड लागतको योजनाका लागि पूर्वी चितवन रिङरोड योजना अघि सारिएको जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीले जानकारी दिनुभयो । तटबन्धन तथा पर्यटकीय पूर्वाधार निर्माणका लागि १० करोड प्रस्ताव गरिएको छ । 

चितवन निर्वाचन क्षेत्र २ मा ५० करोड योजनाका लागि यस प्रदेश निर्वाचन (क) मा सडक कालोपत्रे योजना छनोट गरिएको सांसद घनश्याम दाहालले बताउनुभयो  । पहाडमा थुप्रै  योजनाको माग भएकाले प्रदेशले मागेको भन्दा थप ५ वटा बढी योजना लेखेर पठाइएको सांसद दाहालले बताउनुभयो ।

निर्वाचन क्षेत्र ३ ‘क’ मा ४ वटा योजना प्रस्ताव गरेको छ । शिवघाट गोलाघाट नारायणी नदी नियन्त्रणसहितको करिडोर निर्माणका लागि  ५० करोड रुपैयाँको योजना प्रस्ताव गरिएको प्रदेश सांसद कृष्णप्रसाद भुर्तेलले बताउनुभयो । १० करोडका ३ वटा आयोजना पनि छनौट भएका छन् । 

तीनवटै निर्वाचन क्षेत्रका प्रदेश  (ख)को शुक्रबार बैठक बस्दैछ  । उसले पनि २ अर्ब ४० करोडका १२ योजना सिफारिस गर्नेछ । 

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राधेश्याम खतिवडा

राधेश्याम खतिवडा उज्यालोका चितवन सहकर्मी र नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्व अध्यक्ष हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया