मन्तव्य राख्ने क्रममा शिक्षकको निधन

 जेठ ६, २०७६ सोमबार १९:८:५९ | उपेन्द्र येक्तेन
unn.prixa.net

पाँचथर – पाँचथरको फिदिम नगरपालिका–१४, स्थित महादेव गुप्तेश्वर माविका शिक्षक लालबहादुर फागोको मन्तव्य राख्ने क्रममा मृत्यु भएको छ ।

सोमबार विद्यालयका शिक्षक अशोक तिम्सिनाको बिदाइ तथा नवनियुक्त शिक्षक फागोकै स्वागतका लागि आयोजित कार्यक्रममा मन्तव्य राख्ने क्रममा उहाँको मृत्यु भएको हो । कार्यक्रममा मन्तव्य राख्नेबित्तिकै शिक्षक फागो बेहोस भएर ढल्न पुगेको स्थानीय राम बाँस्कोटाले वताउनुभयो । 

अचानक बेहोस भएर ढल्न पुगेका फिदिम–११, मूलडाँडा स्थायी घर भएका ३५ वर्षीय शिक्षक फागोको केहीबेरमै मृत्यु भएको बताइएको छ । उहाँको शवलाई पोस्टमर्टमका लागि सरदरमुकाम फिदिमतर्फ ल्याइँदै गरेको फिदिम–८, तमाखेस्थित प्रहरी चौकीले जनाएको छ ।

शिक्षक फागोलाई केही दिनअघि मात्र करारमा नियुक्त गरिएको थियो ।

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

उपेन्द्र येक्तेन

पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया