पार्टी एक भए कांग्रेसलाई कसैले हराउन सक्दैन : महामन्त्री काेइराला

 जेठ १२, २०७६ आइतबार १९:२७:१८ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ – नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले पार्टीमा एकता भए नेपाली कांग्रेसलाई कसैले हराउन नसक्ने बताउनुभएको छ । 

आइतबार नेपाल महिला संघ सुन्दरबजार नगर कार्य समितिले आयोजना गरेको राष्ट्रिय जागरण अभियान तथा प्रशिक्षण कार्यक्रम र नगरस्तरीय महिला भेलालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

‘विभिन्न जिल्लामा गुट–उपगुटले पार्टीलाई समाप्त पारेको छ’, उहाँले भन्नुभयो, ‘हामी एकजुट भए नेपाली कांग्रेसलाई कसैले हराउन सक्दैन ।’ उहाँले नेपाली कांग्रेस सिद्धान्त, विचार, कार्यकर्ता र इतिहासले सुसज्जित भएको पार्टी रहेको बताउनुभयो । 

‘हाम्रो सिद्धान्त, विचार, कार्यकर्ता र इतिहास राम्रो छ । यी ४ कुराले नेपाली कांग्रेस सुसज्जित छ’, उहाँले भन्नुभयो । ‘गुप्रिज्म’ ले पार्टीलाई बिगारेको उहाँले बताउनुभयो । 

पार्टीलाई एक बनाउन महामन्त्रीको हैसियतले आफूले धेरै प्रयास गरिरहेको उहाँले प्रस्ट पार्नुभयो । ‘पार्टीलाई एक बनाउन महामन्त्रीको हैसियतले म निरन्तर लागिरहन्छु, मैले सभापति ज्यू र रामचन्द्र दाइलाई अरु कुरा छाडेर पार्टी एक बनाउन लाग्नुस् भनेको छु,’ उहाँले भन्नुभयो । 

कार्यक्रममा नेपाल महिला संघ सुन्दरबजारकी सभापति विद्यादेवी श्रेष्ठ, नेपाली कांग्रेसका केन्द्रीय सदस्य कमला पन्त, दीपक गिरी, नेपाली कांग्रेस जिल्ला कार्य समिति लमजुङका सभापति भेषबहादुर पौडेललगायत पार्टीका नेता, तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।
 

अन्तिम अपडेट: बैशाख २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया