अन्तरजातीय विवाह गरेकी किशाेरीकाे बिचल्ली: श्रीमानले दोस्रो बिहे गरे, जन्मेकी छोरी हेरिदिने काेही छैन

 जेठ २८, २०७६ मंगलबार १९:२२:५६ | उपेन्द्र येक्तेन
unn.prixa.net

जेठ - एक वर्ष अघि अन्तरजातिय विवाह गरेकी पाँचथरको याङवरक गाउँपालिका–४, थर्पुकी प्रमिला सिवा अहिले बिचल्लीमा परेकी छिन् ।

ताप्लेजुङको सिदिङवा गाउँपालिका– ४, साप्लाखुका  विजय ताम्लिङ (लिम्बू) सँग प्रमिलाले प्रेम विवाह गरेकी हुन् । विवाहपछि प्रमिला गर्भवती भएको बेला श्रीमानले दोस्रो विवाह गरे पछि माइती घरमा बस्दै आएकी प्रमिललाले मंगलबार बिहान जिल्ला अस्पताल फिदिममा छोरीलाई जन्म दिएकी छिन् ।

प्रमिला अहिले १८ वर्षकी भइन् । उनका श्रीमान ताम्लिङको उमेर १९ वर्ष पुगेको छ । माइतमा समेत आर्थिक अवस्था कमजोर भएकी प्रमिलाको कोखबाट छोरीको जन्म भएपछि हेरचाह गर्ने मान्छेसमेत नपाएर झनै बिचल्लीमा परेकी हुन् ।

श्रीमानले दोस्रो विवाह गरेपछि माइती थर्पुमा बस्दै आएकी प्रमिलालाई स्थानीय स्वास्थ्य स्वयं सेविकाले प्रसूति गराउन जिल्ला अस्पताल फिदिममा ल्याएकी हुन् । अहिले आमा र शिशु दुवैको अवस्था राम्रो रहेको स्वास्थ्यकर्मीहरुले बताएका छन् ।

ताप्लेजुङको सिदिङवा गाउँपालिका–४ काे साप्लाखुमा विवाह गरे पनि श्रीमान र सासु-ससुरासँगै झापाको काकडिभिट्टामा बस्दै आएकी प्रमिलाले विवाहपछि श्रीमानको घर परिवार र आफन्तजनबाट नै अन्तरजातीय विवाह गरेकै कारण दुर्व्यवहार र शारीरीक यातना खेप्नु परेको बताएकी छिन् ।

गएको पुष महिनामा श्रीमानले अर्कै केटीसँग दोस्रो विवाह गरेको र त्यसपछि आफूसँग सम्पर्कमा नरहेकाे भन्दै त्यसपछि घरका अन्य  सदस्यको दुर्व्यवहार र शारीरीक यातना खप्न नसकेर आफू माइतमै बस्न थालेको उनले बताइ्न् ।

माइतमा समेत आर्थिक अवस्था कमजोर रहेकी प्रमिला अहिले जिल्ला अस्पताल फिदिमको प्रसूति गृहमा छिन् । उनको हेरचाहका लागि काेही आएका छैनन् । माइतमा रहेकी प्रमिलाकी आमाको हातखुटा नचल्ने र बुवा पनि वृद्ध अवस्थामा छन्।

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

उपेन्द्र येक्तेन

पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ । 

1 Comments

  • एन पी लिम्बू

    June 11, 2019, 7:54 p.m.

    यो बच्चा जन्माउने नानीको वा उसको श्रीमानको सम्पर्क नम्बर भए उपलब्ध गराई दिनु होला

  •  0 Reply

तपाईको प्रतिक्रिया