श्रीमान इंग्ल्याण्ड, श्रीमती कोलम्बियाको समर्थक

 असार २१, २०७५ बिहिबार १९:१६:२० | एजेन्सी
unn.prixa.net

मंगलबार भएको कोलम्बिया र इंग्ल्याण्डबीचको खेल एउटा परिवारका लागि तनावपूर्ण थियो । 

कोलम्बियाली नागरिक सोफिया बागुले तथा उनका बेलायती श्रीमान किट टनब्रिज वेल्समा रहेको आफ्नो घरमा बसेर खेल हेरिरहेका थिए ।  सोफिया भन्छिन्, ‘म कोलम्बियाको झण्डाले टाउको छोप्न बाध्य भएँ । अन्तिमका दुईवटा पेनाल्टी हेर्नै सकिनँ ।’

किट र सोफियाका १३ वर्षीय छोरा जेम्स भने दुवै टिमको समर्थनमा थिए । उनलाई जसले जिते पनि ठिकै । मंगलबार खेल सुरु हुनुपूर्व उनीहरुको घरमा दुवै देशका परिकार पकाइएको थियो । पेनाल्टी शुटआउटमा इंग्ल्याण्डले ४–३ले कोलम्बियालाई स्तब्ध बनाउँदै क्वार्टरफाइनलको यात्रा तय गर्यो । तर सोफियाको घरमा भने खुशी र दुःख एकै पटक छायो । 

सोफियाका लागि  पेनाल्टी हेर्नै निकै सकस भएको थियो । उता उनका श्रीमान भने इंग्ल्याण्डले जितेकोमा निकै खुशी थिए । सोफिया भन्छिन्, ‘मेरो श्रीमान निकै खुशी हुनुहुन्छ । उहाँले पेनाल्टी शुटआउटमा इंग्ल्याण्डले राम्रो गरोस् भन्ने चाहनुहुन्थ्यो ।’

विश्वकपमा इंग्ल्याण्डले पहिलो पटक पेनाल्टी शुटआउटमा जित हात पारेको हो । 

सोफियाका छोरा जेम्स र छोरी ग्याब्रियला भने तटष्थ थिए । कोलम्बिया हारेपछि दुखी भएकी श्रीमती सोफियाको अगाडि खुशी मनाउन आफूलाई पनि अप्ठेरो महसुस भएको किट बताउँछन् । तर शनिबार स्विडेनविरुद्धको खेलमा भने दुवैले इंग्ल्याण्डको समर्थन गर्ने बताएका छन् ।

सोफियाले अब आफूले पनि इंग्ल्याण्डलाई समर्थन गर्ने बताउँछिन् । उनी भन्छिन्, ‘यदि इंग्ल्याण्डले उपाधि जित्यो भने हामी यस अर्थमा खुशी हुनेछौँ कि विजेतासँग हारियो ।’
 

-बीबीसीबाट

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया