आईसीसी विश्वकपमा डेभिड वार्नरको कीर्तिमानी ब्याटिङ

 असार ५, २०७६ बिहिबार १९:९:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

आईसीसी विश्वकपअन्तर्गत आज भएको खेलमा अष्ट्रेलियाली ब्याट्सम्यान डेभिड वार्नरले कीर्तिमानी रन बनाएका छन् ।

बंगलादेशविरुद्धको खेलमा वार्नरले १६६ रन बनाउँदै यो विश्वकपमा सबैभन्दा धेरै रन बनाउने कीर्तिमान आफ्नो नाममा लेखाएका हुन् । यसअघि यो कीर्तिमान अष्ट्रेलियाली ब्याट्सम्यान एरोन फिन्च र इंग्ल्याण्डका जेसन रोयको नाममा थियो ।

यसअघि फिन्चले र रोयले समान १५३ व्यक्तिगत रन बनाउँदा सौम्य सरकारको बलमा रुवेल हुसेनबाट क्याचआउट हुनु पूर्व वार्नरले १४७ बलमा १४ चौका र पाँच छक्का प्रहार गरे ।

यो खेलमा वार्नरले अर्को रेकर्ड पनि बनाएका छन् । उनले उस्मान ख्वाजासँग मिलेर १९२ रनको साझेदारी गरेका छन् । यो जोडीले बंगलादेशका शकिब अल हसन र लिटन दासको १८९ रनको कीर्तिमान तोडको हो । 

वार्नरको यो विश्वकपमा दोस्रो शतक हो भने समग्र विश्वकपमा तेस्रो शतक हो ।

उत्कृष्ट फर्ममा देखिएका वार्नरले अफगानिस्तानविरुद्धको खेलमा पनि शतक बनाउनबाट ११ रनले चुकेका थिए । अफगानिस्तानविरुद्ध उनले अविजित ८९ रन बनाएका थिए । बंगलादेशविरुद्धको रनसँगै वार्नर यो विश्वकपमा अहिलेसम्मकै सबैभन्दा धेरै रन बनाउने खेलाडी पनि बनेका छन् ।

वार्नरले ६ इनिङ खेल्दा ४४७ रन बनाएका छन् । उनले फिन्चलाई ५१ रनले पछि छोडेका छन् । फिन्चको अहिलेसम्म ३९६ रन छ । यो शतकसँगै वार्नरले विराट कोहलीको शतकसँग बराबरी गरेका छन् । उनले ११० इनिङमा १६ वटा शतक बनाउने विराट कोहलीको कीर्तिमान बराबरी गरेका हुन् ।

सबैभन्दा कम इनिङमा १६ शतक पुर्‍याउने कीर्तिमान भने दक्षिण अफ्रिकी ब्याट्सम्यान हसिम अमलाको नाममा छ । उनले ९४ खेलमा १६ वटा शतक पूरा गरेका थिए । विश्वकपमा वार्नरको यो तेस्रो शतक हो । 

यस अघिको संस्करणमा उनले एउटा शतक बनाएका थिए । गत वर्ष बल टेम्परिङको अभियोगमा प्रतिबन्ध झेलेका वार्नरले विश्वकपमा सानदार कम ब्याक गर्दै गतिलो जवाफ पनि दिएका छन् ।

अन्तिम अपडेट: बैशाख २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया