रुसी राष्ट्रपति पुटिनद्वारा पाँचाैँ कार्यकालका लागि शपथ ग्रहण

 बैशाख २५, २०८१ मंगलबार १८:२२:७ | एजेन्सी
unn.prixa.net

फाइल फाेटाे

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पाँचौँ कार्यकालका लागि शपथ लिनुभएको छ । गएको मार्चमा भएको चुनावमा ८७ दशमलव २८ प्रतिशत मत ल्याएर विजयी हुनुभएका पुटिनले आज विशेष समारोहका बीच शपथ लिनुभएको हो ।

पुटिनको शपथ ग्रहण समारोह कार्यक्रमलाई अमेरिका, बेलायत तथा युरोपेली सङ्घका देशहरूले बहिष्कार गरेका छन् । सन् २००० को मे ७ मा पहिलो कार्यकालका लागि शपथ लिनुभएका पुटिन त्यसयता लगातारजसो रुसको सत्तामा हुनुहन्छ ।

सन् २००४ को राष्ट्रपतीय चुनावमा पनि विजयी पुटिन कानुनी व्यवस्थाका कारण तेस्रो पटक राष्ट्रपति बन्न पाउनुभएन । सन् २००८ मा आफ्ना विश्वासपात्र दिमित्री मेदभेदेभलाई राष्ट्रपति बनाएर पुटिन प्रधानमन्त्री बन्नुभयो । त्यसपछि राष्ट्रपति पदको कार्यकाल बढाएर छ वर्ष पुर्‍याउनुभएका पुटिन २०१२, २०१८ र २०२४ काे राष्ट्रपतीय चुनावमा विजयी हुनुभयो ।

पुटिनले पाँचौँ कार्यकालका लागि निर्वाचित हुनुअघि कानुन संशोधन गरेर थप एक कार्यकाल सत्तामा रहने बाटो खोल्नुभएको छ । युक्रेनमाथिको आक्रमणपछि देशभित्र लोकप्रिय बन्दै जानुभएका पुटिन अन्तर्राष्ट्रियस्तरमा भने थप आलोचित बन्दै जानुभएको छ ।

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया