रोहित शर्माकाे ६ सय रन पूरा: जारी विश्वकपमा सर्वाधिक रन बनाउने खेलाडीको शीर्ष स्थानमा

 असार २१, २०७६ शनिबार २०:५७:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

आईसीसी विश्वकप क्रिकेटमा रोहित शर्माले ६ सय रन पुरा गरेका छन् । योसँगै उनी जारी विश्वकपमा सर्वाधिक रन बनाउने खेलाडीको पनि शीर्ष स्थानमा उक्लिएका छन् । यसअघि बंगलादेशका शकिब अल हसन ६०४ रन बनाउँदै शीर्ष स्थानमा उक्लिएका थिए । श्रीलंकाविरुद्ध ५६ रन बनाएपछि ६ सय रन पूरा गरेका रोहित विश्वकपमा यो रेकर्ड बनाउने दोस्रो भारतीय खेलाडी पनि बने ।

यस्तै ६१ रन जोडेपछि उनी विश्वकपमा सर्वाधिक रन बनाउने खेलाडीको शीर्ष स्थानमा पनि उक्लिए । जारी विश्वकपमा अहिलेसम्म चार वटा शतक प्रहार गरिसकेका रोहितले आज पनि शतक बनाउन सके एउटै विश्वकपमा सर्वाधिक शतक बनाउने कुमार सांगाकाराको रेकर्ड पनि तोड्ने छन् ।

२०१५ को विश्वकपमा सांगकाराले यो रेकर्ड बनाएका थिए । जुन रेकर्ड रोहितले बराबरी गरिसकेका छन् । यस्तै ६ सय रन पूरा गर्ने रोहित दोस्रो भारतीय खेलाडी बनेका छन् । एउटै विश्वकपमा ६ सय बढी रन प्रहार गर्ने पहिलो भारतीय खेलाडी सचिन तेन्दुलकर हुन् । उनले २००३ मा बनाएका ६७३ रनको रेकर्ड पनि अहिलेसम्म तोडिएको छैन् ।

एउटै विश्वकपमा सर्वाधिक रन ६७३ हो । यो रेकर्ड तोड्नका लागि रोहितलाई श्रीलंकाविरुद्धको खेलमा १३० रन बनाउनु पर्ने छ । भारतीय टिम सेमिफाइनलमा पुगिसकेको र रोहितको प्रर्दशन राम्रो रहेकाले सचिनको रेकर्ड तोडिने भारतीय सञ्चारमाध्यमहरुले अनुमान गरेका छन् । श्रीलंकाविरुद्ध भारतका रोहित र केएल राहुलले पहिलो विकेटका लागि एक सय रनको साझेदारी पनि गरेका छन् ।

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया