पहिलो प्रादेशिक रोजगारमेला आज बिराटनगरमा हुँदै, रोजगारीका लागि पाँच हजारले भरे आवेदन

 असार २८, २०७६ शनिबार १२:०:१५ | सुमन तिमल्सिना
unn.prixa.net

माेरङ – पहिलो प्रादेशिक रोजगार मेला शनिबार बिराटनगरमा हुँदैछ । सामाजिक विकास मन्त्रालयको आयोजनामा हुने रोजगार मेलामा ५ हजार ६० जनाले रोजगारीको लागि  आवेदन दिएका छन् ।  

बेरोजगार भएर युवाहरु भौतारिनु परेको भन्दै यस्ता गुनासाहरुलाई सम्बोधन गर्न मेलाको आयोजना गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेशका बिभिन्न औद्योगिक प्रतिष्ठान तथा व्यावसायीक क्षेत्रमा एक हजार ४ सय ३७ जनाको  माग आएको छ । सबैभन्दा बढी मिलिङ म्यान, वेबिङ अपरेटर, काष्टिङ वर्कर्सकाे माग रहेको  छ ।

त्यस्तै सेक्युरिटि गार्ड, शिक्षक,  सुपरभाइजर तथा लुम अपरेटर,  लेखापाल, डिजाइन मास्टर, विद्यालयको लागि प्रिन्सीपल,   उद्योगका लागि म्यानेजर,  मेकानिकल इन्जिनियर र स्टाफ नर्स समेतको माग आएको सामाजिक विकास मन्त्रालयका श्रम तथा रोजगार शाखा प्रमुख सदानन्द भट्टराईले जानकारी दिनुभयो ।  

मेलाबाट न्युनतम पनि ५ सयले रोजगारी पाउने मन्त्रालयको भनाइ छ । आएका मागका आधारमा रोगजारीका लागि फर्म भरेकाहरुबीच रोजगारीको तालमेल नमिल्दा समस्या हुनसक्ने मन्त्रालयको भनाइ छ । रोजगारीका लागि प्रदेश १ का १ सय २३ वटा स्थानीय तहबाट युवा बेरोजगारले फर्म भरेका छन् । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया