लामोसाँघु–चरिकोट सडक ३ दिनभित्र सहज नबनाए ठेक्का तोडेर धरौटी जफत गरिने

 साउन ५, २०७६ आइतबार १७:४३:२४ | उषा तामाङ
unn.prixa.net

दाेलखा - लामोसाँघु–चरिकोट सडक खण्ड ३ दिनभित्र मर्मत गरेर सजिलै गाडी चल्ने बनाउन लामोसाँघु-तामाकोशी-जिरी सडक योजनाले निर्माण व्यवसायीलाई निर्देशन दिएको छ ।

आयोजनाले आइतबार सूचना प्रकाशित गरेर ३ दिनभित्र कार्यक्षेत्रमा प्रत्यक्ष उपस्थित भइ ठेक्का सम्झौता अनुसार सजिलै गाडी गुड्ने गरी सडक मर्मत गर्न निर्देशन दिएको हो । 

यदि ठेकेदारले ३ दिनभित्र कार्यक्षेत्रमा गएर काम नगरेमा आयोजनाले नै ठेकेदारको सामग्री प्रयोग गरेर सडक मर्मत गर्ने र अपुग सामग्रीको रकम पनि ठेकेदारबाटै असुर गरेर कम्पनीलाई कारबाही गर्ने आयोजनाले जनाएको छ । साथै सार्वजनिक खरिद ऐन २०६३ तथा सार्वजनिक खरिद नियमावली २०६४ बमोजिम ठेक्का सम्झौता तोड्ने आयोजनाले चेतावनी दिएको छ ।

यस्तै कार्य सम्पादन जमानत तथा धरौटी रकम जफत गर्नुका साथै प्रचलित कानुन बमोजिम कारबाही गरिने लामोसाँघु-तामाकोशी-जिरी सडक योजनाले बताएको छ ।

जिरो किलोदेखि २५ किलोमिटरसम्मको सडक बनाउने जिम्मा सीमाञ्चल गौरीपार्वती–सुनौला खिम्ती जेभीले पाएको छ । यस्तै २५ किलोटिमरदेखि ५५ किलोमिटरसम्मको ठेक्का शकिल हेदर शंकरमाली–सुनौला खिम्ती जेभी कम्पनीले पाएको छ । 

सिन्धुपाल्चोकको खाँडीचौरदेखि दोलखाको सदरमुकाम चरिकोटसम्मको ७५ किलोमिटर सडक स्तरोन्नति गर्ने काम सन् २०१५ बाट सुरु भएको थियो । वर्षासँगै सडक हिल्लाम्मे हुँदा चरिकोट-काठमाण्डौ यात्रा निकै कष्टपूर्ण भएकाे छ । 


 

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

उषा तामाङ

उज्यालोका दोलखा सहकर्मी उषा तामाङ कालीञ्चोक एफएममा पनि कार्यरत हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया