पहिरोले ज्यामरुङकाे दलित बस्ती जोखिममा

 साउन ११, २०७६ शनिबार २०:४९:३७ | सिताराम अधिकारी
unn.prixa.net

धादिङ - सदरमुकाम रहेको नीलकण्ठ नगरपालिका वडा नं. १०, कुमाइ ज्यामरुङ र नयाँ गाउँबीचको डाँडामा गएको पहिरोका कारण २५ घर परिवार जोखिममा परेका छन् । 

केही दिनदेखिको वर्षाका कारण धादिङबेसी आरुघाट सडकमा पर्ने नीलकण्ठ नगरपालिका वडा नं-१०, घुम्तीमा रहेको ढल थुनिएर स्थानीयको घरमा पानी पसेपछि जोखिम बढेको हो । घरभित्र पानी पसेपछि खाद्यान्न र लत्ताकपडामा क्षति पुगेको पहिरो प्रभावित यमकुमारी इटनीले बताउनुभयो ।

स्थानीय ज्ञान प्रसाद इटनीको किराना पसलमा पनि भल पसेर पसलका सामान नष्ट भएका स्थानी्य श्याम मगरातीले जानाकारी दिनुभयो । नजिकैको डाँडामाथिबाट आएको पहिरोले २५ घर दलितबस्ती जोखिममा रहेको छ । गाउँमाथिको डाँडा भासिएपछि आएको पहिरोले गाउँमा मानिस सुत्न नसक्ने अवस्थामा रहेको इटनीले जानकारी दिनुभयो ।

गाउँमा ढलेको तिन ओटा बिजुलीका खम्बाले थप जोखिम बढाएको छ । बिजुलीका खम्बा ढलेपछि एक सातादेखि गाउँको २ सय घर विद्युत सेवा समेत अवरुद्ध भएको स्थानीय श्याम मगरातीरले  बताउनुभयो ।

गाउँ नै जोखिममा परेर सार्नु पर्ने अवस्था आए पनि नगरपालिका र विपद व्यवस्थापनसँग सरोकार राख्ने निकायले बेवास्ता गरेपछि गाउँबासी आक्रोशित भएका छन् ।

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सिताराम अधिकारी

धादिङका पत्रकार सिताराम अधिकारी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया