१६ घर पहिरोको जोखिममा: ४ घरमा ८० जना आश्रय लिन बाध्य

 साउन १४, २०७६ मंगलबार १४:४४:५२ | उषा तामाङ
unn.prixa.net

दाेलखा - गौरीशंकर गाउँपालिका--७, मार्वुको गोमटाका १६ घर पहिरोको जोखिममा परेका छन् ।

जोखिममा परेका१६ घरका झण्डै ८० जना छिमेकका ४ घरमा आश्रय लिन बाध्य भएका छन् । दोलखा प्रहरीका अनुसार पहिरो पीडितलाई सुरक्षित ठाउँमा व्यवस्थापन गर्ने क्रममा मार्वुका १६ घरका ८० जना व्यक्तिलाई ४ वटा घरमा राखिएको हाे । पहिरो पीडितलाई स्थानीयवासी डम्बर बहादुर गुरुङ, भोज बहादुर गुरुङ, बिन्दा गुरुङ र ललित बहादुर गुरुङको घरमा राखिएको छ ।

विस्थापित १६ परिवारमध्ये सक बहादुर गुरुङको ८ जनाकाे परिवार, ज्ञान बहादुर गुरुङको ७ जना, रामबहादुर खत्रीको ७ जना र तिलक बहादुर गुरुङको ४ जना गरी कुल २६ जना  स्थानीय डम्बरबहादुर गुरुङको घरमा आश्रय लिइरहेका छन् । 

त्यसैगरी जुवारी गुरुङको १० जना परिवार, काले गुरुङको ५ जना, मुलुक बहादुर गुरुङको २ जना, कमल बहादुर गुरुङको ३ जना गरी कुल २० जना भोज बहादुर गुरुङको घरमा आश्रय लिइरहेका छन् । 

सुन्दरबहादुर गुरुङको ५ जना परिवार, लोक बहादुर गुरुङको ४ जना, प्रेम बहादुर गुरुङको ७ जना, दुर्ग बहादुर गुरुङको ३ जना गरी कुल १९ जना बिन्दा गुरुङको घरमा बसिरहेका छन् । यस्तै उपेन्द्र आचार्यको ४ जना, टहल बहादुर दर्जीको ५ जना, मोहन दर्जीको ४ जना, हर्क बहादुर गुरुङको २ जना गरी १५ जना  ललित बहादुर गुरुङको घरमा बसिरहेका छन् । 

त्यसैगरी वडा नम्बर-६, चंखुका १३ घर परिवारमध्ये सुर्य बहादुर तामाङकाे ९ जना, कृष्ण बहादुर गुरुङको ४ जना, राम बहादुर गुरुङको ३ जना, मित्र बहादुर गुरुङको ४ जना, बिन्दु गुरुङको २ जना, डबल गुरुङको ४ जना, रत्न बहादुर गुरुङको ३ जना र किरण तामाङको ६ जना स्थानीय भुमेगुम्बा माध्यमिक विद्यालयमा आश्रय लिइरहेका छन् ।

वीरबहादुर तामाङको ६ जना, सुष्पाल तामाङको ५ जना, कमल बहादुर गुरुङको २ जना र नारायण गुरुङको ६ जना गरी कुल १९ जना छिमेकी वडा नम्बर-७ मार्वुको जयराम गुरुङको घरमा आश्रय लिइरहेका छन् । श्री बहादुर तामाङको ५ जना परिवार छिमेकी टिकाराम गुरुङको घरमा बसिरहेका छन् । 

पहिरो पीडितका लागि हालसम्म राहत सामग्री बाँडिएकाे छैन । जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवम् दोलखाका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले विस्थापित परिवार साँझको समयमा अन्यत्र बास बस्न जाने गरेको बताउनुभयो । पीडितले माग गरेकाे खण्डमा भने विपद व्यवस्थापन समितिले त्रिपालसम्म उपलब्ध गराउने उहाँको भनाइ छ । 

 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

उषा तामाङ

उज्यालोका दोलखा सहकर्मी उषा तामाङ कालीञ्चोक एफएममा पनि कार्यरत हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया