२ जना विद्यार्थीकाे हत्या गरेकाे आराेपमा ७ जना पक्राउ

 साउन २०, २०७६ सोमबार १६:४२:२९ | जयराज अवस्थी
unn.prixa.net

बैतडी – गएको असार १७ गते विद्यालयबाट बेपत्ता भएकी ८ वर्षीय बालिका कलावती सार्की र दशरथचन्द नगरपालिका ६ नगतडीका १८ वर्षीय दीपक महरको हत्या गरेको आरोपमा बैतडीमा  प्रहरीले ७ जनालाइ पक्राउ गरेको छ ।

बैतडीको दोगडाकेदार गाउँपालिका–२ मल्लाढीक घर भएकी ८ वर्षीया बालिका कलावती सार्कीको हत्या गरेको आरोपमा दशरथचन्द नगरपालिका–४ का खगेन्द्रराम महरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता तथा प्रहरी निरीक्षक दीपक पातलीले जानकारी दिनुभयो । 

कलावती बुवा खडक सार्कीसँगै दशरथचन्द नगरपालिका–४ को बमरोडामा बस्दै आएकी थिइन् । कलावतीको शव गएको साउन ८ गते उनी अध्ययनरत शिव आधारभूत विद्यालय नजिकैको खोल्सामा खाल्डोमा गाडेको अवस्थामा भेटिएको थियो । 

कलावतीका बुवा खडक सार्कीले कर्तव्य ज्यान मुद्दामा दिएको जाहेरीको आधारमा महरलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको प्रवक्ता पातलीले बताउनु भयो । आरोपित महरलाई जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरेर अनुसन्धान भैरहेको उहाँले भन्नुभयो ।  

यस्तै दशरथचन्द नगरपालिका–६ नगतडीका १८ वर्षीय दीपक महरको हत्या गरेको आरोपमा ६ जना पक्राउ परेका छन् । गएको साउन १४ गते बैतडी सदरमुकाम गोठलापानीबाट घर फर्किरहेका दीपकको शव गएको असार १७ गते दशरथचन्द्र नगरपालिका–६ को कन्सनीगाड नजिक फेला परेको थियो । 

दीपकका बुवा किसनराम महरले दिएको जाहेरीको आधारमा दशरथचन्द नगरपालिका–६ का शंकर चुनारा, अमित रावल, पारस रावल, अनिल रावल, युनिक रावल र मनिष ठगुन्नालाई पक्राउ गरिएको प्रवक्ता पातलीले जानकारी दिनुभयो । 

पक्राउ परेका उनीहरुलाई पनि जिल्ला अदालतमा ५ दिनको म्याद थपेर अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

जयराज अवस्थी

जयराज अवस्थी बैतडीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया