नयाँ ठाउँमा कार्यालय सार्न खोज्दा मेयर र उपमेयर पक्षबीच झडप, २ जना घाइते

 साउन २१, २०७६ मंगलबार २०:७:५९ | शैलेन्द्र महतो
unn.prixa.net

काठमाण्डाै - कार्यालय सार्ने विषयमा धनुषाको हंसपुर नगरपालिकामा मेयर र उपमेयर पक्षबीच झडप भएको छ ।

झडपलाई नियन्त्रण गर्न प्रहरीले लाठीचार्ज गर्दा २ जना सामान्य घाइते भएको धनुषाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले बताउनुभयो ।

वडा नम्बर २ बघचौडामा रहेको नगरपालिकाको साविककाे कार्यालय वडा नम्बर ३ को बेल्हीमा सार्न खोजेपछि मेयर रामज्ञान मण्डल र उपमेयर रेणु झा पक्षबीच झडप भएको हो । साविकको कार्यालय नै यथावत रहनुपर्ने पक्षमा उपमेयर झा हुनुहुन्छ भने बेल्हीमा भर्खरै लिएको भाडाको घरमा कार्यालय सार्ने पक्षमा मेयर मण्डल लाग्नु भएकाे छ ।

मेयरले प्रहरी लिएर कार्यालयको समान लिन आएपछि उपमेयर झा पक्षले अवरोध गर्दा झडप भएको थियो । झडपलाई तत्कालै प्रहरीले लाठीचार्ज गरी नियन्त्रणमा लिएको छ ।

घटनामा उपमेयर झालगायत ६ जना घाइते भएको जनाइएको छ । तर प्रहरीले मात्र २ जना समान्य घाइते भएको पुष्टि गरेको छ । 

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

शैलेन्द्र महतो

शैलेन्द्र महतो उज्यालोका धनुषा सहकर्मी हनुहुन्थ्यो। 

तपाईको प्रतिक्रिया