त्रिशूली बस दुर्घटना: ज्यान गुमाउनेकाे संख्या ४ पुग्याे, २० जनाभन्दा बढी हराइरहेकाे आशंका

 साउन २४, २०७६ शुक्रबार ६:४२:१० | सिताराम अधिकारी
unn.prixa.net

धादिङ - बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर ३ सलाङघाटबाट त्रिशूली नदीमा बस खस्दा ज्यान गुमाउनेकाे संख्या ४ पुगेकाे छ भने घाइतेहरुकाे संख्या १६ पुगेकाे छ। झण्डै २० जनाभन्दा बढी यात्रु हराइरहेकाे हुनसक्ने अनुमान प्रहरीले गरेकाे छ ।

प्रहरी र स्थानीय मिलेर १६ जना घाइतेकाे उद्धार गरेकाे र उनीहरुकाे मलेखु सामुदायिक अस्पताल र गजुरी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेकाे प्रहरीले जनाएकाे छ । प्रहरीका अनुसार अहिलेसम्म ४ जनाकाे शव भेटिएकाे र तीमध्ये दुई जनाकाे सनाखत भएकाे छ । ज्यान गुमाएकामध्ये सर्लाहीका ३५ वर्षका अजय दास र २५ वर्षका विजय कुर्मीको मात्र परिचय खुलेको धादिङ प्रहरीले जनाएको छ । 

हाम्रा सर्लाही सम्वाददाता रामबाबु खड्काका अनुसार सर्लाहीबाट बसमा ४२ यात्रु चढेकाे बताएका छन् भने बसमा चालकसहित ५० जना जति यात्रु रहेका घाइते समिनराजा अन्सारीले बताएका छन् ।चालक निदाएका कारण दुर्घटना भएकाे प्रहरीले प्रारम्भिक अनुमान गरेकाे छ । 

सर्लाहीको मलंगवाबाट काठमाण्डौको लागि छुटेको ना ६ ख ७४६९ नम्बरको बस शुक्रबार बिहान त्रिशूली नदीमा खसेको हो । अहिले उद्धारको काम भैहरेको छ । 

सम्बन्धित समाचार

त्रिशूलीमा खसेको बसको आधा भाग मात्रै देखिएको छ । घाइतेमध्ये ९ जनालाई थप उपचारको काठमाण्डाैको ट्रमा र वीर अस्पतालमा ल्याएको छ भने ७ जनाको गजुरी अस्पतालमा उपचार भइरहेको छ । । सेना र प्रहरीले उद्धारको काम गरिरहेका छन् । 

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सिताराम अधिकारी

धादिङका पत्रकार सिताराम अधिकारी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया