धादिङ जीप दुर्घटना अपडेट : १४ जना घाइते, दुर्घटनाको कारण बढी लोड

 साउन २८, २०७६ मंगलबार १९:५६:५९ | सिताराम अधिकारी
unn.prixa.net

धादिङ – धादिङमा भएको जीप दुर्घटनामा परि १४ जना घाइते भएका छन् । 

मंगलबार धादिङबेसीबाट मैदीतर्फ जाँदै गरेको जीप ज्वालामुखी गाउँपालिका वडा नम्बर ३ अमराईमा दुर्घटनामा परेको थियो । बजारबाट गाउँतर्फ घर फर्कँदै गरेका मानिस दुर्घटनामा परेका हुन् ।

बा १३ च ५२३० नम्बरको जीप उकालो चढ्न नसकी पछाडि हटेर पल्टिँदा भएको दुर्घटनामा एउटै गाउँका १४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिनुभयो ।

गम्भीर घाइते भएका ज्वालामुखी गाउँपालिका वडा नम्बर २ की २८ वर्षीया लक्ष्मी श्रेष्ठ, ४० वर्षीय बिरबहादुर मगराती, ३५ वर्षीया बलमाया रानामगर र ५७ वर्षीय लोकबहादुर सामरीलाई थप उपचारका लागि काठमाण्डौमा रहेको ट्रमा सेन्टरमा पठाइएको छ । जिल्ला अस्पताल धादिङमा १० जना घाइतेको उपचार भइरहेको छ ।

चार जनाको सिट क्षमता भएको निजी नम्बर प्लेटको बोलेरो जीपमा १८ जना यात्रु चढेका थिए । निजी नम्बरको सवारीमा खचाखच यात्रुसहित सामानसमेत हालेर उकालो बाटो जाँदा गाडी पछाडि हटेको घाइते यात्रु पौषप्रसाद तिवारीले बताउनुभयो ।

उकालो बाटोमा गेयर बदल्ने क्रममा जीप पछाडि हटेको र सडक छेउको धारोसमेत भत्काएर पल्टिएको थियो ।

अन्तिम अपडेट: बैशाख २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सिताराम अधिकारी

धादिङका पत्रकार सिताराम अधिकारी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया